नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

घोडेजात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
घोडा र मानिसको सम्बन्ध, नर अश्व सहअस्तित्व
घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन् दस्ताबेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन् किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।
विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।
अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ, ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौँमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाडौँका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ युगान्तदेखि काठमाडौँको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।

तपाईंले घोडे जात्रा कहिल्यै प्रत्यक्ष रूपमा हेर्नुभएको छ?
घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।
यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौँमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडे जात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।
घोडे जात्रा किन मनाइन्छ ?
काठमाडौंवासी हरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
काठमाडौँ र पाटनको घोडे जात्रा विशेष किस्सा
यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उति बेला काठमाडौँ, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौँका राजा प्रताप मल्ल, मल्लवशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविच्छिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्री निवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।
उपत्यकाका अन्य राज्यहरूसँग राम्रो सम्बन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्री निवास मल्लसँग पनि ठुलै मनमुटाब थियो । उति बेला पाटनका नागरिकहरू घोडे जात्रा हेर्न काठमाडौँ आउने, काठमाडौँका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।
नेपाल संवत् ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएपछि पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाउन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्री निवास मल्लले पाटनमा घोडे जात्रा सुरुवात गराए । यो जात्रा काठमाडौँको जत्रो रौनकपूर्ण नभए पनि पाटनको आत्मनिर्भरताका लागि ठुलै काम साबित भएको थियो । यसरी राजा श्री निवासले सुरु गराएको पाटनको घोडे जात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।
घोडे जात्रा उपत्यकामा हुने विशेष क्रियाकलापहरू
आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भुत दैवी मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलिबिस्तार लाउँदै छौ.....
आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरव प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसर्थमा हामीले आजको दिनलाई दैवी मिलनका रूपमा व्याख्या गरेका हौँ ।
घोडे जात्रा अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिङारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडे जात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडे जात्रा अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडे जात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बिउ रोप्ने चलन पनि कायमै छ । हाल घोडे जात्रा काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रूपमा मनाउने गरिएको छ । काठमाडौँबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडे जात्रा मनाउने गरिन्छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरण रहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौँका बिच आजको दिन अर्थात् घोडे जात्रा दिन कुन सहरमा कसको घोडे जात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रङ्गमा उपत्यकाका सहरहरू आज पनि आ–आफ्नै ढगंमा रङ्गिने गरेका छन् । आजको दिनको शुभकामना ।

मार्च महिनाको अन्तिम शनिवार
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यो वर्षको विश्व नेवा: दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।
काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’ मनाउन थलिएको हो । आज पाँचौँ नेवा: दिवस हो । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
विश्वभर फैलिएर बसेका नेवारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
गत वर्ष भने यस दिवसको कार्यक्रममा नेवा: समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
यसवर्षको विश्व नेवा दिवसका बारेमा आधिकारिक वेबसाइटले जानकारीहरु राखेको छ । चौथो WNO महाधिवेशन तथा साधारण सभाका बारेमा विश्व नेवा संगठन कार्यकारी समिति (WNO EC) मार्च २७, २०२२ मा सकिँदैछ र नयाँ कार्यकारिणी समितिको निर्वाचन शनिबार जुन २५ मा न्यूयोर्कमा हुने विश्व नेवा संगठनको चौथो महाधिवेशनमा हुनेछ भनी प्रकाशन गरिएको छ। घटनाको थप विवरण चाँडै पोस्ट गरिनेछ भनेर प्रकाशन गरिएको छ ।
विश्व नेवा संगठनको आधिकारिक बेवसाइट
https://www.worldnewah.org/ हो ।
यद्धपि यस साइटमा हामीले यस वर्ष भनेँ पहुँच गर्न सकेनौं । यस संस्थाको फेसबुक पेज चाँही यहाँ छ ।
हुन त, अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन सक्छ । अझ नेवा: दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवा: दिवस भनी मनाए पनि नहुने होइन ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा बर्सेनि म्ह पूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।
त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।
सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसै गरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानडा, बेलायत, हङकङ, अस्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदै छ ।
आजको दिन बिहान ८ बजे नेवा: समुदायका मानिसहरूले सांस्कृतिक र्याली आयोजना गर्दैछन् । यो र्याली राष्ट्रिय सभा गृहमा आएर विश्व नेवा सम्मेलनमा टुङ्गिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा: सम्मेलन पछिल्ला वर्षहरुमा भने नेपालमा पनि हुन थालेको छ ।
नेवास् समुदायमा आइरहेको विभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन विशेष छलफल हुने गरेको छ । नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको तेस्रो ...

गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट सुरु हुन...

एभिन्युज टिभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख सुरेश रजक १० वर्षदेखि त्यहाँ कार्यरत थिए। मूल घर काठमाडौं ताहाचल भए पनि चन्द्रागिरि नगरपालिकामा बस्दै आएका ३३ वर्षीय सुरेश रावादीहरूले शुक्रब...

सिरहा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पतालमा छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा सञ्चालित १४ वटा निजी अस्...

तीनकुने घटनामा पक्राउ पर्ने संख्या १ सय ११, राज्यद्रोहदेखि लुटपाटसम्मको आरोपमा अनुसन्धान १ दिन अघि A A काठमाडौँ : काठमाडौँको तीनकुनेमा शुक्रवार भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ ...

रामपुर (पाल्पा) – मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ। उमेरले ८५ वर्ष पुगेकी उनलाई शारीरिक अवस्थाका कारण भरसक उपचारका लागि अस्पताल जान ...

पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ वार्षिक साधारणसभाको आज ...
काठमाडाैं । काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले १११ जनालाई पक्राउ गरेको छ। प्रदर्शनमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेक...