नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व कविता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व कविता दिवस (World Poetry Day) हरेक वर्ष मार्च २१ तारिखमा मनाइन्छ। यस दिवसको शुरुवात सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले गरेको हो। यस दिवस मनाउने उद्देश्य कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने हो।
"Poetry as a Bridge for Peace and Inclusion”सन् २०२५ को विश्व कविता दिवसको नारा शान्ति र समावेशिताका लागि कविता एउटा सेतुका रूपमा भन्ने रहेको छ। यस नाराले शान्ति, समावेशिता र सिर्जनशीलता प्रवर्द्धन गर्न कविताले खेल्ने रूपान्तरणकारी भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ।

के तपाईंलाई लाग्छ "कविता" शान्ति र समावेशिता प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम हो?
कविता सधैं भावनाहरूलाई जोड्ने, विविधतालाई सम्मान गर्ने र एकअर्काबीच समझदारी र सद्भावना निर्माण गर्ने सशक्त माध्यम रहँदै आएको छ। यस वर्षको नाराले कविता मार्फत विभिन्न संस्कृति, समुदाय र दृष्टिकोणलाई नजिक ल्याउने, समानता र ऐक्यभावको सन्देश फैलाउने र सबैलाई समेट्ने वातावरण सिर्जना गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ।
यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ। कविता मार्फत सकारात्मक संवाद, प्रेम र एकताको भावना बलियो बनाउने यो अभियानले विश्वव्यापी रूपमै नयाँ ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।

एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
तालिका अनुसार चैत ८ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली बिधार्थीका लागि एच्छिक अग्रेजी बिषयको परीक्षा हुनेछ ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





सन्तोष दहित दाङ, चैत ८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा रामअवतार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिका –४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्...

मानवहीन भयो उपल्लो मुस्ताङको सम्जुङ गाउँ, सबै नामासुङमा बसाई सरे ७ मिनेट अघि A A मुस्ताङ : उपल्लो मुस्ताङको सम्जुङ गाउँ पूर्ण रूपमा मानवहीन बनेको छ। डेढ दशकदेखि बेवारिसे अवस्थामा रहेको यस गाउँक...

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताएका छन्।

काठमाडौँ । नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना...

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिप...

दाङ – घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन्। उनले पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक रूपमा १० देखि १२ लाख र...
रौतहट — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिनादर्ता र मापदण्डविपरीतका अस्पताल बन्द गराए पनि अहिले अटेर गरेर सञ्चालनमा ल्याएका छन् । मुख्यमन्त्री सिंहले फागुन १७ गते चन्द्रपुर नगरपालिकाका ...

काठमाडौँ । बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थल शुक्रबार एक दिनको लागि बन्द हुदा विश्वभरका उडानहरू प्रभावित भएका छन् ।