नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व मुख स्वास्थ्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ ।
हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो ।
वर्ष २०२५ मा मुख स्वास्थ्य दिवसको नारा
वर्ष २०२५ मा मुख स्वास्थ्य दिवसको नारा चाहिँ A Happy Mouth Is A Happy Mind अर्थात् एउटा स्वस्थ मुख नै स्वस्थ मष्तिष्क हो भन्ने अर्थ लाग्दछ । आज विश्वभरि #MouthProud #WOHD25 ह्याशट्याग गरेर आफ्नो मुख र मुस्कान देखिने गरी भिडियो र सेल्फीहरु अपलोड च्यालेन्ज पनि गरिएको छ ।
पृष्ठभूमि
विश्वको जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा मौखिक रोगहरूबाट ग्रस्त हुने गरेको पाइन्छ । यी मध्य धेरै जसो मुख सम्बन्धी रोगहरूलाई रोक्न सकिने भए पनि उचित उपचार र जनचेतनाको अभावमा मुख स्वास्थ्यका समस्याहरू अझै विद्यमान छन् । एफडीआई अर्थात् वर्ल्ड डेन्टल फेडेरेसनद्वारा आयोजित, विश्व मुख स्वास्थ्य दिवसमा विश्वभरका राष्ट्रिय दन्त सङ्घहरूले १३० भन्दा बढी देशहरूमा अभियानहरू सञ्चालन गर्दछन् । यस दिवस सन् २०१३ वाट मनाउन थालिएको हो ।


अन्तर्राष्ट्रिय खुसी दिवस
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
मार्च २० तारिख संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुसी दिवस हो। हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले हामीलाई खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउँछ ।
पृष्ठभूमि
सन् २०११ मा, संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसी लाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आव्हान पनि गर्यो । दुई वर्ष पछि सन् २०१३ मा, संयुक्त राष्ट्रका सबै १९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ ।
यी मध्ये तपाईंलाई जीवनमा खुसी रहन सबैभन्दा प्रभावकारी तत्व के हो जस्तो लाग्छ?
वर्ल्ड ह्याप्पीनेस इन्डेक्समा नेपाल
मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ। लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ ।
सन् २०२५ को नारा
Caring and Sharing
विश्व खुशी प्रतिवेदन २०२५ को विषयवस्तु “हेरचाह र साझेदारी” नै यस वर्षको नाराका रुपमा राखिएको हो । यसले व्यक्तिगत र राष्ट्रिय खुसीका लागि परोपकार, सहानुभूति, र विश्वासको महत्त्वलाई उजागर गर्छ। यो प्रतिवेदन २० मार्च २०२५ मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा प्रकाशित हुनेछ ।
खुसी रैंकिंग विश्व खुसी रिपोर्ट को एउटा पाटो हो। देशको स्कोर एक सर्वेक्षणमा आधारित हुन्छ जसमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्य देखि १० को स्केलमा मूल्याङ्कन गरेका थिए ।
खुसी हुन सिकौँ र खुसी बनाऔँ ।

एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा ( इसइइ ) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
तालिका अनुसार चैत ७ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
यस वर्षको इसइइ ले नेपाली शिक्षा प्रणालीमा विविधता र समावेशिता झल्काउँछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेद विद्याश्रमका लागि अनिवार्य संस्कृत रचना, मदरसातर्फ अनिवार्य अरेबिक भाषा, र अन्य विधाका लागि अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुने तालिका छ। यसले देशभरका विद्यार्थीहरूको पहुँच र आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।
परीक्षालाई न्यायोचित बनाउन परीक्षा अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।
सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





काठमाडौ । नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐरी निर्वाचित भएका छन् । नेविसंघकी पूर्णिमा प...

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भ...

काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पसको स्ववियू सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् । बिहीबार राति ऐर सो क्याम्पसको स्ववियू सभापतिमा विजयी भएकी हुन् । भूपी कांग्रेस नेता गगन ...
काठमाडौं । १४४औँ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा बिहीबार मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश गरिएको छ । आईओसी कार्यकारी बोर्डले फे...

७ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा ...

कञ्चनपुर – मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको छ। छोटो अवधिमा बढी उत्पादन दिने मुङको खेतीलाई विस्तार गर्ने उद्देश्यले नगरपालिकाले अनुदानको कार्यक्रम अघि सारेको हो। प्रत...
काठमाडौँ। एसपिजि अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभिको लागि लोकप्र...

राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ...