नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सीता जयन्ती व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सीता जयन्ती व्रत
वैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।
विश्वले रामलाई के–के भन्यो
तर सीताले भन्दै गइन्
भन्दै रहिन्
राम नै सत्य हुन्, आदि हुन् अनि अन्त पनि
राम सँग हिँडे म
वनवास आफ्नै खुसीले गएँ
किनभने प्रेम थिए राम मेरा
प्रेम मैले चुनेकी हुँ
राम मेरा प्यारा
सीताको सम्मानमा यो मेरो सानो आलेख । जय सियाराम
राम सीताको विवाह
सीता माताको विवाह रामसँग त्रेता युगमा भएको हो । मिथिला, जानकी, रामनन्दकी लगायत सीताका अन्य धेरै नामहरू छन् ।नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य कथन अनि किंवदन्तीहरू पाइन्छ ।
सीता माताको कुन पक्ष तपाईंलाई सबैभन्दा प्रेरणादायी लाग्छ?

सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी मानिन्छ । सीता पुनः अग्निपरीक्षापछि धर्तीमै समाहित भएको कथाहरू अझै पनि घर–घरमा सुनिन्छ । रावण अपहरणमा परेसँगै सीताको सतीत्व र पवित्रमाथि प्रश्न उठेपछि सतीत्व प्रमाणित गर्न सीता अग्निपरीक्षामा उत्रिएको किंवदन्ती घर–घरमा सुन्न पाइन्छ ।
सीताको जन्म अर्थात् त्रेता युगअघि नै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ । धर्तीबाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनपर्छ ।
रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिना पूर्व चैत्र महिनाको नवमीमा भएको हो । तसर्थ, राम नवमीको ठ्याक्कै एक महिनामा सीता नवमी पर्छ ।
सीताको जन्म नक्षत्र र विवाह प्रसङ्ग
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान् नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । राम नामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, बलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनवास अनि कठोर बसाई हुँदै लङ्कामा रावणको अपहरणमा परी अधीन बस्न बाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।
लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् ।
सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर–घरमा अझै सुनिन्छन् । सुनाइन्छन् । सीता एउटा भक्ति हो । शक्ति हो अनि एउटा उदाहरण हो । नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको । रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण–कणमा छिन् । रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममता–सयलमा विश्व सदैव रङिइरहनेछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





काठमाडौं । हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविरामको लागि वार्ता गर्नु वा बन्धकहरूलाई रिहा गर्नुको कुनै अर्थ नभएको बताएका छन् । इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गर्ने योजनालाई अनुमोदन ...

काठमाडौँ, वैशाख २३ गते । नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो । त...

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लोकप्रियता बढ्दो छ । यो ठुला प्लेटफर्ममा मात्र सीमित नभई स्ट्यान्डअलोन अर्थात् स्वतन्त्र एआई च्याट एपहरूको लागि ठुलो बजार सिर्जना गरेको छ ।

चितवन। नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ। नारायणी नदी पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्ध...
काठमाडौं। जङ्गी अड्डामा जारी प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ अन्तर्गत आज(मंगलबार) सम्पन्न भएका विभिन्न विधाका जम्मा ३३ खेलहरूमा खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै विजयी भएका छन्। ...

पाल्पा । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् । मौरीघार...

काठमाडौं – ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नङ र मासुको जस्तै सम्बन्ध हुने दुवै दलका नेताहरूको दाबी गरे ।
काठमाडौँ– ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सञ्चालन गरेको छ। यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्...