मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
१९ जुन सन् २०१५ मा, संयुक्त राष्ट्र सङ्घको महासभा (A / RES / 69/293) प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गर्यो । द्धन्दमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक पर्ने चेतना जगाउनको लागि भनेर यस दिवसको खाँका कोरिएको हो । विश्वभर यौन हिंसाबाट पीडित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनको लागि खडा हुन साहसपूर्वक आफ्नो जीवन समर्पण गर्ने र आफ्नो जीवन गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको विशेष भूमिका रहन्छ ।
" द्वन्द्व सम्बन्धित यौन हिंसा" भनेको के हो ?
"द्वन्द्व(सम्बन्धित यौन हिंसा" शब्दले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, जबरजस्ती गर्भावस्था, जबरजस्ती गर्भपतन वा नसबंदी, जबरजस्ती विवाह र महिला, पुरुष, वा बालिकाहरू विरुद्ध हुने तुलनात्मक रूपको हरेक प्रकारको यौन हिंसालाई बुझाउँछ जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। यो शब्दले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिबद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई पनि समेट्छ।

के द्वन्द्वका बेला यौन हिंसा हतियारको रूपमा प्रयोग गरिन्छ?
युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र सङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ ।
नेपालको सशस्त्र द्धन्दमा यौन हिंसा
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। तर शान्ति निर्माण प्रक्रिया सुरु भएको २० वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलङ्घनका सवालहरू विशेषतः महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन्।द्वन्द्व पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणका लागि अविलम्ब व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानुनी व्याख्याको परिधिबाट फराकिलो पारी स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ ।




काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा एउटा इतिहास बनाएको थियो । त्यो इतिहास हो, टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक तीन सुपर ओभर हुनु । ...
News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा सीएम पुरुषोत्तम सिलवालले सबै खेलमा जित हासिल गरे। प्रतिय...

साहारा लिम्बू फुङलिङ, असार ५ गते । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२(८३ का लागि साढे ४४ करोड बढी रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहीबार भएको गाउँपालिकाको १७ औं गाउँसभामा उक्त बजे...
त्रिकोणात्मक टी २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग बदला लिएको छ । यसअघि तीन पटक सुपर ओभरहुँदा पराजित भएको नेपालले विहीबार भने ६ विकेटको शानदार जित दर्ता गरेको हो । नेपालको जितमा कुशल भुर्तेल र ...
काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको...
स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ। ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले नेदरल्यान्ड्सलाई ...
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको छ । सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले डच टोलिलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १७५ र...
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले बिहीबार नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले उ...