
गणतन्त्र दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।
गणतन्त्रको शाब्दिक अर्थ
सुरुवात गर्न चाहयौं गणतन्त्रको अर्थबाट र यहाँ विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् ।
नेपालमा गणतन्त्र
नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्र प्रमुख हुनकालागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ । सङ्घीय स्वरूपमा । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँद छ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् ।

गणतन्त्र दिवसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्छ?
सहिदको बलिदान
१० वर्षे सशस्त्र द्वन्द्व मा वीरगति पाएका ती तमाम नेपाली अमर आत्माहरूलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापि हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत अभ्यासले मात्र हुन सक्छ ।
आज के के गरिन्छ ?
आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, युगौँ यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुवै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन् अनि विधिको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकै स्वर भई फैलिउन् । हो म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनी रहोस् । नेपालीको जय होस्, मेरो नेपालको जय होस् । शुभकामना


नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




News Summary Generated by OK AI. Editorially reviewed. अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भन्सार दर हेरफेर गरेको जानकारी दिए। सार्क मुलुकबाट किसमिस, बोधिचित्तका दाना, चु...

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेटको एक तिहाइ हिस्सा आफू नेतृत्वकै मन्त्रालयमा राखेका छन् ।
काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार साँझ चण्डीगढमा भएको क्वालिफायर–१ मा पञ्जाब सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै आरसी...

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणको विषयलाई हल्का बनाउन नहुने धारणा राखेका छन्। बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स...
काठमाडौं । पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत ...

बझाङ । बझाङको जयपृथ्वी क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुधारका लागि जेठ १६ र १७ गते दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न व...
पोखरामा सञ्चालन भएको नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । नेपाल ...

सशस्त्रमा गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस १५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक( एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। बिही...