नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

गोसाइकुण्ड स्नान आरम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ अस्य श्री भगवान नीलकंठ सदा (शिव स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म(स्थै(आर्यु(आरोग्य(अभिवृद्धयर्थं मोक्षादि(चतुर्वर्ग(साधनार्थं च श्री नीलकंठ(सदाशिव(प्रसाद(सिद्धयर्थे जपे विनियोगः।
ब्रह्माको श्रोत, पार्वतीको शक्ति, निलकण्ठ सदाशिव, मेरा पापहरुवाट मलाई पूर्णत मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव निलकण्ठको जयजयकार होस् ।

तपाईंलाई तिर्थयात्रा गर्दा के कुराले सबैभन्दा बढी आकर्षित गर्छ?
गोसाईकुण्ड र निलकण्ठ
आजको आलेख निलकण्ठको अर्थवाटै शुरु गरौं । नीलकण्ठ, नीलो घाँटी भएको, म आज यहाँबाट शुरु गर्दै छु, र यो अति उत्तम कथा हो ।
समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पती र स्थापित भए । यसैक्रममा महासागरवाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरुलाई असर गर्न थाल्यो, भगवान विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।
शिवजीले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैं । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाबिध्याको स्वरुपमा प्रवेश गरि विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सिमित पार्नुभयो । यसरी निलो घाँटी भएका निलकण्ठ भगवान गएर त्रिशुल प्रहार गरि बनाएको कुण्ड नै गोसाईकुण्ड हो ।
समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईकुण्ड (गोसाईको अर्थ) भगवान र कुण्ड पवित्र पोखरी हो, भगवान शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।
सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।
जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा आजको दिनबाट हजारौ भक्तालुहरु विभिन्न जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा रहेको छ। रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने अनुमान रहेको छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





काठमाडौं । जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जले रुसी आक्रमणबाट बच्न जर्मनीले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र बनाउन मद्दत गर्ने बताएका छन् । मर्जले बुधबार बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोडिमि...

बिहीबार रत्नपार्क भागबन्डा : एमालेलाई २ बजेसम्म, त्यसपछि राजावादीलाई ५ मिनेट अघि A A काठमाडौँ : एमाले र राजावादीहरूको कार्यक्रम एकै समयमा परेपछि स्थानीय प्रशासनले समय विभाजन गरेको छ। बिहीबार द...
News Summary Generated by OK AI. Editorially reviewed. हिमालयन जाभा बास्केटबल लिगमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३-६४ ले पराजित गर्यो । गोल्डेनगेटले पहिलो खेलमा टाइम्ससँग व्यहोरेको हारको बदला ल...

ढाका । बङ्गलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान् सरकारविरूद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । सन् २०२४ को अगष्टमा पूर्वप्...

अहिले नेपालको आईटी/आईसीटी क्षेत्र एक निर्णायक मोडमा छ । यो क्षेत्रले देशको आर्थिक भविष्य, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय स्तरमा विश्वास आर्जन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो यात्राम...

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ ।

बुटवलका सुजन कोइराला सरकारको सिफारिसमा राष्ट्रपतिले २०७८ असोज ३ गते माफी दिए कैदमुक्त भएका थिए। पाल्पाको तानसेन नगरपालिका ७ स्थाई घर भएका सुजनलाई आफ्नै दाजु सुधीरको हत्या अभियोगमा सर्वोच्च अदालतले ...
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् । बुधबार दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको स...