नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
जैविक विविधता दिवसको पृष्ठभूमि
जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।

तपाईंलाई नेपालको जैविक विविधता संरक्षणका लागि प्रमुख चुनौती के हो जस्तो लाग्छ?
यस वर्षको जैविक विविधता दिवसको नारा
जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२५ नारा: "Harmony with Nature and Sustainable Development" प्रकृतिप्रतिको सद्भाव र दिगो बिकास भन्ने छ। देशहरूले जैविक विविधता प्रतिका अनेक सम्झौताहरू र सम्धीहरू अनुमोदन गरे पनि कदमहरूमा खासै परिवर्तन नदेखिएका कारण यस वर्ष वाट राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप जुझारु हुन आग्रह पनि गरिने छ From Agreement to Action: Build Back Biodiversity
नेपालको जैविक विविधता
कानुनतः नेपालमा भनेँ जैविक विविधतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
यहाँ छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर९दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकत मउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् ।सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।
यी विविधताहरू सदा सर्वदा कायम हुन् र तिनको संस्थागत संरक्षण र पर्यटन अभिवृद्धिका लागी सरोकारवाला र समुदायको उल्लेखनीय भूमिका होस् । जैविक विविधता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र बतासको जय होस् ।
सबैलाई शुभकामना !
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बैठकमा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाहले...
कास्की। देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ।

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्त कुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीको बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्...

विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोहीअनुसार यसको नामकरण गरिएको हो । यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर ...

विराटनगर — कुनै समय हरियालीले ढाकिएको, सधैं शीतलता दिने विराटनगर महानगरपालिका–२ सोमबारे हाट छेउको चोक आजभोलि गर्मीमा सास फेर्न गाह्रो हुने ठाउँमा बदलिएको छ । यहाँ वर्षौंदेखि उभिएका थिए, वर र पीपलका...

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्रमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा पठनपाठन खुला चौर हुने गरेको छ। वैशाख ५ गते बिहान अविरल वर्षापछि आएको बाढी उक्त विद्यालय भवनमा पसेपछि क्षत...

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा बिहीबार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगर...