नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के तपाईँलाई थाहा छ ?
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।
युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।
हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ । सुर्तीजन्य पदार्थको खेतीका कारणले धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि छ ।

के तपाईंलाई लाग्छ नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पर्याप्त नियम लागू गरिरहेको छ?
चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसार बासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ।सन् २०२५ को नारा भएको छ“प्रलोभनको पर्दाफास गरौं: सुर्ती तथा निकोटिनजन्य उत्पादनका उद्योगगत चालबाजी उजागर गरौँ”।
सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको पृष्ठभूमि
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो।
नेपालमा सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि
चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धूम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरू धूम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वाभाविक नै हो ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।
चुरोट, गुट्खा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरूमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौँ है त ! स्वस्थ्य जीवनको कामना !





काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले आजदेखि लत त्याग्न चाहनेका लागि ११३२ मा फोन...

गाजा। गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्...

काठमाडौँ । माइक्रोसफ्ट, कतार इन्भेस्टमेन्ट अथोरिटीजस्ता ठुला लगानीकर्ताको साथ पाएको लन्डनस्थित एआई स्टार्टअप बिल्डर एआई (Builder.ai) अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । कुनै समय एक अर्ब ३० करोड डल...

नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्यपोस्टको सह-आयोजनामा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठी अन्तर्गतको पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्। ‘प्रलयको आँधीबेहरी’ शीर्षकको निब...

काठमाडौं । कस्कीको पोखरामा अलपत्र यात्रीलाई गन्तव्यमा पुर्याउन ‘स्कर्टिङ’ गरिएको छ । सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले यही जेठ १६ गतेदेखि त्यहाँ उक्त गाडी बन्द गरेपछि पृथ्वीचोकम...

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेश सरकारले गत वर्ष साउन १३ गते राइड सेयरिङ नियमन गर्न प्रयास गरेपछि व्यवसायीले आन्दोलन गरे। सरकारले नियमावली पारित गरेपछि व्यवसा...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र ...

काठमाडौं : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महा...