
भोटो जात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भोटो जात्रा
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।
ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।

के भोटो जात्रालाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नुपर्छ?
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।
पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।
ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।
लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।
भोटो जात्राका नेवार भाषाका अन्य नामहरु
जा-ह्वला-जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जा-ह्वला-जात्राका नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ ।
त्यसै गरी यस जात्रालाई प्वाकलं-जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।
वर्षाका देवता मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् ।


सिथि नख:
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सिथि नखः पर्व कहिले मनाइन्छ ?
ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ ।आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदै छ वर्षा यामको । वर्षा यामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ । काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो ।
सिथि नखः को व्यवहारिक पक्ष
पानीको श्रोतका लागि अत्यन्त महत्त्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको काठमाडौं बासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।
सिथि नखः को व्यवहारिक पक्ष
पानीको श्रोतका लागि अत्यन्त महत्त्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको दिनमा काठमाडौँ अनि काठमाडौं बासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने दूरगामी संस्कार प्रशंसनीय छ ।
यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकावासीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
सिथि नखः मा के के गरिन्छ ?
यसै दिन भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौँको जैसी देवलको शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।
कुमार कार्तिकेय को प्रसङ्ग
कुमार कार्तिकेयबारे केही कुरा गर्न चाह्यौ, शिवजीका यी पुत्र अलौकिक सैनिक दस्ताका महासेनानीका रूपमा पुराणहरूमा व्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरूको वध गर्न सक्ने यी बलवान्लाई गङ्गाका पुत्रका रूपमा पनि व्याख्या गरिन्छ । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गङ्गाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।
गङ्गा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन् । यसर्थमा गङ्गाका स्वरूप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग अन्तरसम्बन्ध पाइन्छ । वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनामार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरू चलाइरहिएको छ । नियालेर हेर्ने हो भने हाम्रो पुराना संस्कारहरू नै आफैँमा वैज्ञानिक र परिवर्तनकारी छ ।
सिथि नखः को शुभकामना । अनि हाम्रा पानीका मुहान र चित्त दुवै सँधैभरि शुद्ध र सफा हुन् ।

माकुराको उदाहरण
माकुराको उदाहरण दिन चाहे आज दिन विशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरूले आमालाई खाइदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्रा टुक्रा पारेर खाइदिने त्यो पाशविक नियति आजभोलि हामी मान्छेमा उदहारण पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरू, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरू अनि घरघरमा अपहेलन गरेर राखिएका आमाबुवाहरूका आँसुले कतै माकुराको प्रवृत्तिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?।साँझमा अफिस वाट फर्केको बुवाले बजारमा पोलिथिनको झोलामा लिएर गएको तरकारीको थुप्रोको साइडमा छोराछोरीका लागि मिठाई हुन्छ, खल्तीमा केही चकलेट हुन्छ, आमाले सारीका सप्कोले सिँगान पुछ्दै हुर्काएकी छोराछोरीको आमाबुवा प्रति असीम दायित्व रहन्छ, यो कुराहरू हामी सबैले बुझ्न जरुरी छ ।
काठको कचौराको कथा
काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ । सधैँ खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात् सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात् आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेको नाटक गरेको भनी सम्बोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाति केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कँदा काठको टुक्रासँग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।
यो छोरी बढ्ली कमाई गर्ली
यो छोरा बढ्ला कमाई गर्ला
दुधभात देला मलाई , दालभात देला मलाई
यो नेपाली समाजको एउटा थेगो हो, आज ठाडो केरा लेख्न चित्त परेको छ, कुरा आमाबुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन, बुवाआमाहरु ज्यूँदा भगवानहरु हुन्, यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ ।
बुवा आमाप्रतिको दायित्व दुधभात र दालभातको उपलब्धतामा मात्र किन अड्केको हुन्थ्यो र ? यी जाबा भात अनि दूध त बिम्ब मात्र हुन्, माया सद्भाव, आदर, अँगालो अनि सम्झनामा सकल सृष्टि अनि सृष्टिकर्ता बुवा आमाको रचना अडेको छ । विदेशमा हुनुहुन्छ या स्वदेशमा नै बुवा आमाभन्दा पर हुनुहुन्छ, बुवा आमालाई पैसा पठाएर र बस्न खान दिएर दायित्व पूरा गर्नुभएको होला तर दायित्वको सीमा छैन, जब जब उमेर बढ्दै जान्छ तब दिने खाने भन्दा पनि सम्झना, शब्द र सद्भावको भोक बढेर जाने पाइन्छ । जहाँ हुनुहुन्छ, आज हातमा जे छ, साथमा जे छ, प्रयोग गरेर बुवाआमासंग एक वाक्य बोलिदिनोस्, बुवा आमा हुनुहुन्न भनेँ सम्झना गर्नुहोस्, सम्झना उक्काउन सक्नु पनि एउटा समर्पण हुनेछ, सुमन हुनेछ ।
विश्व आमाबुवा दिवसको पृष्ठभूमि
सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।
हामीसँगै विश्व पनि छिप्पी रहेको हुन्छ, हाम्रो जीवन हुर्कँदै गर्दा हाम्रा बुवा आमाहरु बुढाबुढी हुँदै गएका हुन्छन्, उनीहरूको हात समातेर हिँड्न सिकेका पाइला अनि मसिना हत्केलाहरूले क्रमशः बुवाआमाहरुलाई डोहोर्याँउन थाल्दछन्, यस रूपान्तरण नै जीवन हो ।
नातिले बडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबाबु आफ्नो गल्तीको पश्चात्ताप गर्दै भोलिपल्टैबाट बुवालाई सँगै टेबलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफूसरह खाना दिन थाल्दछन् । आउँदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भए पनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सद्भाव देखाउन जरुरी छ ।
आमाको मुख हेर्ने दिनमा तरह तरहका भाव सँगै सामाजिक सञ्जालमा फोटाहरू छरपस्ट पार्ने सन्तान अन्य दिनमा आमासँग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याउँदैनन् या जाँदैनन् । नाना तरहका व्रत बस्ने व्रतालुहरू घरकै रहेका बुवा आमा या सास ससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँजो मान्दछन् । कति बुहारीहरूले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सास ससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्त्व र माया दर्साउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलिका आमाबुवा पनि त हुन् ।
विश्व आमाबुवा दिवसको शुभकामना ।


नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




सोलुखुम्बु । चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, ती उजुरीमध्...
News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कराते खेलाडी एरिका गुरुङले कारते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितिन्। उनले फ्रान्सेली खेलाडीलाई ६-२ ले हराएर पदक जितिन् र ...

भक्तपुर अस्पताललाई देशभरकै उत्कृष्ट घोषणा गरिएको छ। भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्प...

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु १८ जेठ, कीभ । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएका...

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्र...
काठमाडौं : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ। नेपालले भोलि (सोमबार)देखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्य...

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा थपेको छ । सोमबारदेखि लागू हुने गरी प्रशासनले आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लग...