मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सोम प्रदोष व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-सुयोग ढकाल






काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीला...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज कर्णाली प्रदेशका सङ्घीय सांसदहरुसँगको छलफलमा उनले बजेटमार्...

काठमाडौँ । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश...

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षमा प्यूठान जिल्लामा पाँचवटा नयाँ झोलुङ्गे पुल निर्माण हुन थालेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी पुल निर्माण कार्य अघि बढेको हो । माण्डवी गाउँपालिका–४ स्थित ज्यामुरे–बालुवा...
१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्समाथि सहज जित हासिल गरेको छ । सोमबार गुवाहाटीमा भएको खेलमा राजस्थानले चेन्नईमाथि ८ विकेटको जित हासिल गर...

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई अस्पतालमा छन् । उनीहरू हुन् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता दीपक खड्क...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्ड्सका प्रधानमन्त्री Rob Jetten बीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री मोदीले सोमबार सामाजिक सञ्जालमार्फत ज...