मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।

यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
- सुयोग ढकाल






इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको प्रहरी नायब उपरीक्षक चन्द्रब...
२७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको एकदिवसीय र टी-२०आई सिरिज स्थगित गरिएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले मार्च १३ ...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र...
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धको ज्वालाले खेलकुदलाई नराम्ररी प्रभावित गरेको छ । क्षेत्रीय अस्थिरता, सुरक्षाको गम्भीर चिन्ता र हव...
कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ ।

सल्यान, फागुन २७ गते । सल्यानबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि उम्मेदवार पराजित नभई सम्मानजनक मत प्राप्त गरेको बताउनुभएको छ। जिल्लाको छत्रेश्वरी...

विदेशी मुद्रा सञ्चिति बढ्यो: नेपालसँग १८ महिनाको आयात धान्ने क्षमता २७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुल...

काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ। कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखा...