मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व जल दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पानी छैन त जिन्दगानी छैन, यस अद्भुत पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो ।विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो ।

तपाईंको समुदायमा पानीको दुरुपयोग गम्भीर समस्या हो जस्तो लाग्छ?
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो ।
शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती
पानी र इन्धन निकटरुपमा अन्र्तसम्बन्धीत छन् , पानी घट्ट देखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल इन्धनको ८ प्रतिशत इन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाइप र नलका माध्यम वाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको सँघार सम्म आइपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती नै रहेको छ । संसारको दोस्रो जलश्रोतको धनी देश भनी नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरू आफ्ना जलका सिर्काहरू प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडि फर्केर हेर्न पनि जरुरी छ ।
हिन्दु संस्कारमा पनि त पञ्चतत्वको रूपमा जलतत्वको अत्यन्त महत्त्वपूर्ण र अद्भुत प्रस्तुति रहेको छ । मेलम्चीको पानीको वृत्तान्त सुन्दासुन्दै दुई वटा पुस्ता सुइँकिसकेपछि नाति पुस्तामा मेलम्चीको नालाहरू राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराई ले सफा पानीको सहज उपलब्धताको कठिनाइ व्याख्या गरेको छ । फोहोर र दूषित पानीले ल्याउने रोगहरूजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरू त हामीले भोगेकै हौ । सबै जीवित प्राणीहरूको उत्पत्ति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानिकहरूले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरूमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन सम्भव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको सम्भावना खोजी गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै विकास भएको हो ।
यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरू जल दिवसमा गरिन्छ । हाम्रा कुवा, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घना बस्तीहरूमा परिणत भइसकेका छन् । बढ्दो सहरीकरणले पानीको श्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । आजका दिन यी कुराहरू र तथ्यहरूलाई विश्लेषण गरिन्छ । विश्वमा हुने रोगहरुमध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ ।
पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जल वाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो लगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै ।
जानौँ, बुझौँ र सचेत रहौँ । पानी दिवसको मूल मर्म अनुरूप हाम्रो व्यवहार होस् ।






फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रवि लामिछाने अध्यक्ष भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक सिट जितेको छ । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै सिट जित्दा महिला उम्मेदव...

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम...

पराजय नियन्त्रण बाहिरको परिस्थिती भन्दै कांग्रेस केन्द्रीय समितिले अस्वीकार गर्यो गगनको राजिनामा ६ मिनेट अघि काठमाडौं : निर्वाचनमा भएको पराजयका लागि संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थितिहर...

तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने ...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्री डा गौतमले मन्त्रालयको वेबसाइ...

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल मुक्त गराई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।
बुधबार इन्टर मियामीको न्यासभिले एससीविरुद्धको खेलमा गोल गर्दै लियोनेल मेसी ९०० गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले टेनेसीको जियोडिस पार्कमा कोनकाकाफ ...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति ...