मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


शून्य भेदभाव दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आखिर के हो त भेदभाव ?
के तपाईँ भेदभाव गर्नुहुन्छ ? भेदभाव प्राय: गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो विष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केही नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनै पनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।
शून्य भेदभाव दिवसको पृष्ठभूमि
थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दीमा छौ हामी, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्धिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्साउँदछ। प्राय अरू सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो विडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र सङ्घले शून्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन सुरु गरिएको दिवस हो।
UNAIDS मुलत एचआइभी पीडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पीडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन् भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शून्य भेदभाव दिवस २०१४ देखि मनाउन सुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पीडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।
हामी सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजीव निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केही छैन। एकचोटी मनमा हात राखेर मनन गरौँ, के हामीले शून्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?
आजको यो दिनको अवसरमा सबैलाई आत्म मनन गर्न शुभकामना।
-सुयोग ढकाल




१७ फागुन, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा अग्रता भन...
काठमाडौं। न्युरोड टिम (एनआरटी) ले जारी राष्ट्रिय लिगमा चितलाङ फुटबल क्लबलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा एनआरटीलाई जित दिलाउन राजीव लोप्चन र टिमोथी चिएमेरिए ओकेरेकेले गोल गरे...

काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोषले २०८२ सालको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने त्रैमासिक पत्रिका ‘रजस्थल’...

जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवलाई होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि प्रदान गरिएको छ । सोमबार जनकपुरधाम उप...
काठमाडौँ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द भएका छन् । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्य...
भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइलन प्रवेश गरेको छ। सुपर-८ को अन्तिम खेलमा पूर्व विश्वविजेता वेस्ट इण्डिजलाई ५ विकेटले पराजित गर्दै भारत टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो। कोलकाताको इडे...
काठमाडौं– ओपनर सञ्जु श्यामसनको उत्कृष्ट पारीमा वेस्टइन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर ८ मा दुवैका लागि महत्त्वपूर्ण खेलमा वेस्टइन्डिजले दिएको १९६ रनको लक्ष्य भारतल...
लन्डन, (एजेन्सी) लामिन यामलले बार्सिलोनाको करिअरमा पहिलोपटक ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकको सहयोगमा ला लिगाको खेलमा भियारियललाई बार्सिलोनाले ४–१ ले हरायो । योसँगैं २६ खेलमा ६४ अंक जोडेको बा...