मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

योगिनी एकादशी व्रत (वैष्णवहरूको)
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।
योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ । यस वर्ष वैष्णव र स्मार्तहरूको लागि एकादशी व्रत बस्ने दिन फरक छ ।
“बहुवाक्यविरोधेन ब्राह्मणेशु विवादिषू
एकादशी परित्यज्य द्वादशी समुपोषयेत्”
खासमा वैष्णवहरूले दशमी तिथिले छोएको एकादशीमा व्रत नबस्ने हुँदा कहिलेकाही वैष्णव र स्मार्तहरूको एकादशी व्रत फरक दिनमा बस्ने गरिन्छ । स्मार्तहरूले भने सुर्योदयलाई नै मानेर एकादशी व्रत बस्ने गर्दछन् । त्यसैले यसपटक योगिनी एकादशीको स्मार्तहरूले ७ गते र वैष्णवहरूले ८ गते व्रत बस्छन् ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
तपाईंले कहिल्यै योगिनी एकादशीको व्रत बस्नु भएको छ?
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।
राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फ सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ ।





काठमाडौं। काठमाडौं जिल्लास्थित बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) पानीले सतर्कता तह नाघेको जलमापन केन्द्रले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असार ८ गते राति ११ः३० बजे उक्त स्थानह...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बिमा कोषलाई थप प्रभावकार...

काठमाडौँमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आइतबार मध्यराति सूचना जारी गरी मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन काठमाडौँवाासीलाई सुझाव दिएको छ। सूचनामा भनिएको छ : पछिल्लो १ घण्टा...

काठमाडौं। काठमाडौं र आसपासका क्षेत्रमा रातिको समयमा भारी वर्षा भइरहेको छ।

News Summary Generated by OK AI. Editorially reviewed. पाँचखाल नगरपालिका–१२ मा २८ वर्षीया अपाङ्ग चन्द्रमाया दनुवारलाई नयाँ आवास हस्तान्तरण गरियो। अपाङ्ग चन्द्रमायासहित १० जनाको परिवार टहरामा बस्...

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए)ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बस्ने जानकारी गराएको छ ।

इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ? इरानको सम्भावित प्रतिक्रिया कस्तो होला ? ८ असार, काठमाडौं । अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा ...

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ । महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरे...