मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व योग दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्ययता जस्ता योगका अनेकौँ आयाम छन् ।
अभौतिक सांस्कृतिक सम्पदाको रूपमा योगसुत्र
हजारौँ वर्ष पहिले पतञ्जलि नामका महात्माले सुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौँ । पतञ्जलिको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान विधिका रूपमा प्रयोग गरेका थिए र १९ औँ शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउन कालागि भएको योगदान महत्त्वपूर्ण छ । मुस्लिम समुदायमा समेत यसलाई योग सूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।

तपाईंको विचारमा योग भनेको के हो?
विश्व अन्तर्राष्ट्रिय योग दिवस २०२५ को नारा “Yoga for One Earth, One Health” ले हाम्रो व्यक्तिगत कल्याण र हाम्रो ग्रहको स्वास्थ्य बीचको गहिरो सम्बन्धलाई प्रकाश पार्छ। योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि अभ्यास होइन, यो एक समग्र जीवनशैली हो जसले मानव, प्रकृति र सबै जीवित प्रणालीहरू बीच सद्भाव बढाउँछ।
विश्व योग दिवसको पृष्ठभूमि
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
नेपालमा योग को प्रवर्धन
विसं २०४८ चैत १५ गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो र यसको मुख्य उद्देश्य चाहिँ आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थलाभ र नैरोग्यताको बिगुल फुक्नु नै थियो । यसपछि काठमाडौँ बाहिर को विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गर्न विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी सुरुवात भयो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसा पूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई ६ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको छ । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन । आजका दिन हामी योग अध्ययनलाई पनि जीवनको लक्ष्य बनाएर अघि बढ्न युवापुस्तालाई आव्हान गर्न चाहन्छौँ ।
हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।


योगिनी एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।
योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ । यस वर्ष वैष्णव र स्मार्तहरूको लागि एकादशी व्रत बस्ने दिन फरक छ ।
“बहुवाक्यविरोधेन ब्राह्मणेशु विवादिषू
एकादशी परित्यज्य द्वादशी समुपोषयेत्”
खासमा वैष्णवहरूले दशमी तिथिले छोएको एकादशीमा व्रत नबस्ने हुँदा कहिलेकाही वैष्णव र स्मार्तहरूको एकादशी व्रत फरक दिनमा बस्ने गरिन्छ । स्मार्तहरूले भने सुर्योदयलाई नै मानेर एकादशी व्रत बस्ने गर्दछन् । त्यसैले यसपटक योगिनी एकादशीको स्मार्तहरूले ७ गते र वैष्णवहरूले ८ गते व्रत बस्छन् ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फm सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आस नगरौँ ।


विश्व सङ्गीत दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ |
विश्व सङ्गीत दिवस २०२५ को नारा “Healing Through Harmony” संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ। यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ।




वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् ।
भोजपुर। यहाँको मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले...

काठमाडौँ । फिल्म शुटिङ, खेलकुदको उद्घाटन, सवारीसाधन सार्वजनिकदेखि विपदमा परेकाको उद्धारसम्म, यी सबै काममा ड्रोनको प्रयोग सामान्य भइसक्यो । तर, यस्ता विशेष कामका लागि आवश्यक पर्ने शक्तिशाली र कस्टमा...

गण्डकी । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्। विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट...

सिराज खान नेपालगन्ज, असार ७ गते । बाँकेको कोहलपुर –१३ स्थित डुडुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर सात बर्षिय बालक सुजन दमाईको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी ...

साओ पाउलो । ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ यात्रु बोकेको ‘हट एयर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताएका छन् । गभर्नर जोर्गिन्हो मेलोले भ...

फुटबल अञ्जिलाको बायोग्राफी फिल्मले सात हलमा सय दिन पार गर्यो ६ मिनेट अघि A A काठमाडौं : नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले सात चलचित...

काठमाडौं : आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भू-भागको...