मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सोम प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।

प्रदोष व्रतमा कुन देवताको पूजा गरिन्छ?
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


अन्तर्राष्ट्रिय एकल महिला दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आउनुहोस् कुराकानी गरौं।आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा एकातर्फ अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ, विश्वभरिका एकल महिलाहरुले एउटा संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आएका छन्, उनीहरुका लागि समानता र समता आजको विश्वले पैरवी गर्नुपर्ने तथ्य भएको छ ।
हरेक वर्ष जुन २३ लाई विश्वभरि एकल महिला दिवसका रूपमा मनाउने चलन सन् २०११ बाट सुरु गरिएको हो । विश्वभरिका विकासोन्मुख देशका एकल महिलाहरूले गरिबी, हिंसा र स्वास्थ्य समस्या सँग जुझिरहेकोमा यस दिवसले एकल महिलाका पिडासँगको एैक्यवद्धता र त्यसका लागि राष्ट्रहरुसंग पैरवी पनि गर्दछ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार लैगिंक अनुपात
राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जसअनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
नेपाली समाजले घरि घरि एकल महिलाहरुको मर्यादामा आँच आउने काम गरेके पाइन्छ, एकल महिलाहरुलाई आरोपहरु थोपर्ने, निर्धो मानेर हेप्ने, बोक्सीलगायतका आरोपहरु लगाउने अनि आफ्नै परिवारजनबाट समेत अमानविय हिंसा भएका प्रशस्त उदहारणहरु हामीले एकादेशवाटै सुनिआएका र देखिआएका कुराहरु हुन् । समानताका मुलधारमा एकल महिलाहरुको पहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमहरु अनि आर्थिक सशक्तिकरणका अन्य मापदण्डहरु ल्याइन टड्कारो आवश्यक्ता मा छ ।
एकल महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व पनि हो है, एउटा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ एकल महिलाहरुको मर्यादाको सम्मान गरिन अपरिहार्य रहन्छ, लैगिंक समानता कायम भएको समाज निर्माणार्थ आजको दिनले पैरवी गरोस्, शुभकामना ।




काठमाडौं : कतारमा रहेको अमेरिकी सैन्या अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ। कतारको अल उदेद एयर बेसलाई लक्षित गर्दै इरानले मिसाइल प्रहार गरेको दाबी गरेको हो। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्...

News Summary Generated by OK AI. Editorially reviewed. कतारस्थित नेपाली दूतावासले अमेरिकी सैन्य अड्डामा हवाई हमला भएपछि नेपालीलाई सतर्क रहन सूचना जारी गर्यो। इरानले अमेरिकी सैन्य अड्डामा हवाई हम...

काठमाडौँ । कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि दोहास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले सोमबार राति फेसबुकबाट एक सा...
काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थपिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी पद...

काठमाडौं। क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ। राष्ट्र बैंकले आज ‘बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा...

इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। अन्तर्राष्ट्र...

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरू...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ द...