मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य उद्देश्य के हो?
नेपालमा बोलिने भाषाहरू
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।
यसअघि भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए ।
सबै भाषाको रक्षा र संवर्द्धनमा सरोकारवालाको ध्यान पुगोस्, अर्थपूर्ण शुभकामना ।





नेपालका आदिवासी जनजाति समुदायको मतृभाषा संरक्षण प्रयासमा सामान्य जनचेतना अभिवृद्धिदेखि विश्वविद्यालयसम्म अध्ययन, अध्यापनको अभ्यास भएको सरोकारवालाले बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२...

काठमाडौँ । युरोप र नर्डिक मुलुकहरूमा रहेका नेपाली उद्यमी, लगानीकर्ता र स्टार्टअप उत्साहीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आगामी १३ मार्चमा फिनल्याण्डको राजधानी हेलसिन्कीमा ‘बाटो समिट २०२६’ आयोज...
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी व्यवस्थाले मात्रै वर्तमान समस्या समाधान गर्न सक्ने धारणा राखेका छन् ।

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’को संख्ङ्ख्याया ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन स...
काठमाडौँ । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँको नागढुंगामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साध...

इरानी विद्यार्थीहरूले हालैको प्रदर्शनको श्रृङ्खलामा मारिएका व्यक्तिहरूको पक्षमा गरिएको प्रदर्शनमा सरकार विरोधी नारा लगाएका छन् । विदेशबाट चल्ने र स्थानीय इरानी मिडियाले शनिबार भनेका छन्, “जब इस्ला...

धार्मिक सहिष्णुता र सम्मान कायम राख्न सरकारको अपिल ६ मिनेट अघि काठमाडौं : गृह मन्त्रालयले जातजाति, वर्ग र सम्प्रदायबीच द्वेष फैलाउने कार्य कानुनद्वारा वर्जित र दण्डनीय रहेको स्मरण गराउँदै सामाजिक...

काठमाडौँ । रचनात्मक क्रियाकलापमा सक्रिय ५० वर्ष उमेर कटेका व्यक्तित्वहरूको समूह 'गो क्लब फिफ्टी'को अध्यक्षमा रोशन कृष्ण न्याछयौँ निर्विरोध निर्वाचित भएका छन् । शनिबार राजधानीको ठमेलस्थित होटल अलोफ...