मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व क्षयरोग दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।
ट्यूब्रक्लोसीस के हो?
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहिँ ट्यूब्रक्लोसीस अर्थात् Tuberculosis हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।

तपाईंको विचारमा क्षयरोग विरुद्ध जनचेतना फैलाउन सबैभन्दा प्रभावकारी माध्यम कुन हुन सक्छ?
आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् ।
स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ भनेँ सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोग विरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग विरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि राख्दछ ।
३ हप्ता या बढी देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर जँचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो सङ्क्रमणले सहजै डेरा जमाउन सक्दछ ।
५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरूमा, चुरोट रक्सी या लागु औषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेकाहरूमा यस सङ्क्रमण फेरि देखिन सकिन्छ ।औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै विवेकी कार्य हो हैन र ? यस रोग विरुद्ध सबैजना सचेत बनौँ अनि स्वस्थ रहौँ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।






नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मंगलबार साँझ नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएक...
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । दिपक खतिवडाले दायर गरेको रिट निवेदन...

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

काठमाडौँ। सरकारले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने महत्वाकांक्षी लक्ष्य लिएको भए पनि वर्तमान तथ्यांकले यो लक्ष्य प्राप्ति अझै चुनौतीपूर्ण देखिए...

मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । ...

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि ५ मिनेट अघि काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ। कीर्...

अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदक...
पर्सा । तेस्रो संस्करणको मारवाडी प्रिमियम लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसले जितेको छ । स्वर्गीय सुशील कुमार खेतानको स्मृतिमा वीरगन्जको आर्दश रङ्गशालामा आज भएको फाइनल खेलमा गौरीशङ्कर हिर्टसले अ...