मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व मुख स्वास्थ्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ । हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो ।
पृष्ठभूमि
विश्वको जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा मौखिक रोगहरूबाट ग्रस्त हुने गरेको पाइन्छ । यी मध्य धेरै जसो मुख सम्बन्धी रोगहरूलाई रोक्न सकिने भए पनि उचित उपचार र जनचेतनाको अभावमा मुख स्वास्थ्यका समस्याहरू अझै विद्यमान छन् । एफडीआई अर्थात् वर्ल्ड डेन्टल फेडेरेसनद्वारा आयोजित, विश्व मुख स्वास्थ्य दिवसमा विश्वभरका राष्ट्रिय दन्त सङ्घहरूले १३० भन्दा बढी देशहरूमा अभियानहरू सञ्चालन गर्दछन् । यस दिवस सन् २०१३ वाट मनाउन थालिएको हो ।


अन्तर्राष्ट्रिय खुशी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मार्च २० तारिख संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुशी दिवस हो। हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुशी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले हामीलाई खुशी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउँछ ।
यी मध्ये तपाईंलाई जीवनमा खुसी रहन सबैभन्दा प्रभावकारी तत्व के हो जस्तो लाग्छ?
पृष्ठभूमि
सन् २०११ मा, संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसी लाई आधारभूत मानव लक्ष्य बनायो र खुशीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आव्हान पनि गर्यो । दुई वर्ष पछि सन् २०१३ मा, संयुक्त राष्ट्रका सबै १९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुशी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ ।
वर्ल्ड ह्याप्पीनेस इन्डेक्समा नेपाल
मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुशी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ। लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुशीको रूपमा शीर्ष स्थानमा रहेको छ ।






ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरो...

सिरहा । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्...

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भएको जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका ...

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र इजरायलसँगको युद्धमा इरानले आफ्ना शत्रुहरूलाई ‘अचम्मको झट्का’ दिएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको छ। नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा शनिबादेखि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै, उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान...

म्याग्दी । महिलालाई आयआर्जनमुलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदा...

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन: आइतबार बस्ने गरी स्थगित भएको छ। केन्द्रीय सदस्य मधु आचार्यले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए। उपसभापति विश्वप्...