मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व स्वास्थ्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
विश्व स्वास्थ्य दिवस हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस हो । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको दिन र विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्त्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ। सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य दिवस यस कारणले विश्व स्वास्थ्य सङ्गठन को स्थापनाको रूपमा मनाइन्छ, र यो सङ्गठनले हरेक वर्ष विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयहरूमा विश्वव्यापी ध्यान आकर्षित गर्ने अवसरको रूपमा प्रयोग गरिन्छ ।
प्रत्येक वर्ष, डब्ल्यूएचओले विश्व स्वास्थ्य दिवसको लागि एक विषयवस्तु चयन गर्दै ती विषयवस्तु अन्तर्गत रहेर जनचेतना फैलाउने गर्दछ । विश्व स्वास्थ्य दिवस एक विश्वव्यापी अभियान हो जसले विश्वव्यापी नेताहरूदेखि सबै देशका जनतासम्म सबैलाई आमन्त्रित गर्दछ । विश्वव्यापी प्रभावको साथ एउटै स्वास्थ्य चुनौतीमा ध्यान केन्द्रित गर्न। नयाँ र उदीयमान स्वास्थ्य समस्याहरूमा ध्यान केन्द्रित गर्दै, विश्व स्वास्थ्य दिवसले मानिसहरूको स्वास्थ्य र कल्याणको रक्षा गर्न सामूहिक कार्य सुरु गर्ने अवसर पनि प्रदान गर्दछ।
“यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘Together for health. Stand with science.’ हो।
यसको अर्थ, हामी सबै मिलेर काम गर्दा र विज्ञानले देखाएको सही बाटो अपनाउँदा मात्र स्वस्थ र सुरक्षित समाज बनाउन सक्छौं भन्ने हो।”

विश्व स्वास्थ्य दिवसका दिन विभिन्न स्वास्थ्य अभियान, सेमिनार, सम्मेलन, र सामुदायिक प्रयासहरू सहित विश्वभरका विभिन्न कार्यक्रमहरू र गतिविधिहरूद्वारा यो दिवस मनाइन्छ। यस दिवसको लक्ष्य भनेको नै स्वस्थ जीवनलाई प्रवर्द्धन गर्नु र मानिसहरूलाई उनीहरूको स्वास्थ्य र कल्याणको रक्षा गर्न सक्रिय कदमहरू चाल्न प्रोत्साहित गर्नु हो।
के तपाइलाई थाहा छ
विश्वमा बायु प्रदूषणले गर्दा हुने फोक्सोको क्यान्सर, हृदय रोग र स्ट्रोकहरूले हरेक मिनेटमा १३ जनाको मृत्यु हुने गर्दछ ।
प्रत्येक १० जना मध्य ९ जनाले प्रदूषित हावामा श्वास फेर्न पर्ने अवस्था छ ।
विश्वभरिका ३ दशमलव ६ बिलियन मानिसहरूसँग उपयुक्त शौचालयको पहुँच छैन भने २ बिलियन मानिसहरूमा शुद्ध खानेपानीको पहुँच छैन ।
आजका मितिमा पनि हरेक वर्ष विश्वभरि ८२९००० जना मानिस झाडापखालाले मर्ने गर्दछन् ।
मानसिक स्वास्थ्य र संवेगात्मक नियन्त्रणमा केन्द्रित गरेर सार्वजनिक स्वास्थ्यका आयामहरू तय गर्न विश्वभरिका सरकार र निजी स्वास्थ्य सेवा प्रदायकहरू अग्रसर भएको पाइन्छ । शरीर र दिमाग दुवैको स्वास्थ्य र सन्तुलनलाई केन्द्रमा राख्दै यस वर्षको विश्व स्वास्थ्य दिवसमा व्यायाम, आहार, बिहार, निन्द्रा र जीवनको सन्तोष सबै कुराप्रति एक चोटि सबै जनाले पूनरावोलोकन गर्ने समय आएको छ ।
विश्व स्वास्थ्य दिवसको सबैलाई शुभकामना ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत २४ गते SEE २०८२ -अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ ।
प्राविधिकतर्फ अनिवार्य सामाजिक अध्ययन र ऐच्छिक गणित, वेद विद्याश्रमतर्फ भाषा र व्याकरण अनि कृषि व्यवस्थापन र मार्केटिङ र इन्जिनियरिङ रेखाचित्र र कम्प्युटर मर्मत र मर्मत प्राविधिक तर्फका जाँचहरू हुनेछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।
- सुयोग ढकाल





२४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तगर्त मंगलबार भएको एलिमिनेटरमा टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता सिध्याउने’ धम्की दिएपछि कतै आणविक हमला हुने शंका धेरैलाई लागेको छ। तर, ह्वाइट हाउसले इरानमा आणविक हमला नहुने स्पष्ट पारेको छ। अमेरिकाको टेक्ससका ...

आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा पुगेको छ । पुस्तक व्यवसायीहरूले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालय...

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौस...

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ’स्ट्रेट अफ हर्मुज’ खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इजरायलले इरानी जनतालाई...

काठमाडौं।अमेरिका र इरान सहमतितर्फ उन्मुख भइरहँदा चार कारणले वार्ता विथोलिएको जिकिर वार्ताकारहरूले गरेका छन् । वार्ताको मध्यस्थकर्ता पाकिस्तानका प्रतिनिधिहरूले चार कारणले वार्ता विथोलिएको प्रतिक्रि...

गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोला क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर बन्द गर्न निर्देशन दिएका छन्।

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले पहिलोपटक विभिन्न मुलुकका राजदूतहरूसँग सामू...