
गङ्गादशहरा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं
मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।
ब्रह्माको श्रोत, पार्वतीको शक्ति, नीलकण्ठ सदाशिव, मेरा पापहरूबाट मलाई पूर्ण मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव नीलकण्ठको जयजयकार होस् ।

गोसाईंकुण्ड सृजना र नीलकण्ठ शिव समुन्द्र मन्थनका क्रममा समुन्द्र वाट धेरै कुराहरू निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पत्ति र स्थापित भए । यस क्रममा महासागर वाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरूलाई असर गर्न थाल्यो, भगवान् विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो । शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैँ । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाविद्याको स्वरूपमा प्रवेश गरी विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सीमित पार्नुभयो । यसरी निलो घाँटी भएका नीलकण्ठ भगवान् गएर त्रिशूल प्रहार गरी बनाएको कुण्ड नै गोसाईंकुण्ड हो ।
पवित्र कुण्ड गोसाईंकुण्ड समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईंकुण्ड (गोसाईंको अर्थ भगवान् र कुण्ड पवित्र पोखरी हो) भगवान् शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ। सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान् निलाद्री पर्वतमा आई त्रिशूल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ। जिन्दगीमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्डमा यस दशमी तिथिबाट समापन भएको छ । यस दशमीलाई गङ्गा दशहरा पनि भनिन्छ, यस दिन गोसाईंकुण्डमा विशेष घुँईचो रहने र देश विदेशबाट दर्शनार्थि जाने चलन रहन्छ, त्रिभुवन त्रिकालदर्शी भगवान् शिवले सबैको कल्याण गर्नुहोस् ।


गङ्गादशहरा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गङ्गा दशहराको अर्थ
दश योग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गा जलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।
गङ्गा दशहरा व्रतको पौराणिक महत्त्व
पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गा दशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ । अनि भनिन्छ, आजकै दिन धर्तीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गा जलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।
आज के के गरिन्छ?
गङ्गा दशहराको अवसर पारेर नेपालको धार्मिक स्थल गोसाईं कुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्छ । उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरू गोसाईंकुण्ड पुग्ने गर्थे । यसरी धार्मिक मेलामा जाने भक्तजनले आफूले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यो मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ । गोसाईं कुण्डमा यो किसिमका मेला वर्षको दुई वटा ठूलो पर्व भएको बेला लाग्ने गर्छ । अर्को ठुलो पर्व जनै पूर्णिमाको दिन पर्छ । गङ्गा दशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गर्छ ।


विश्व वातावरण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।यो दिवसमा यसपालिको नारा भने " Beat Plastic Pollution"भन्ने अर्थ लाग्दछ ।
वातावरण दिवसको पृष्ठभूमि
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
प्लास्टिक प्रयोग कम गर्न तपाईंले के के कदम चाल्नुभएको छ?
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
विश्व वातावरण दिवसको शुभकामना,
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।