मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गुंला पर्व आरम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गुंला पर्व समीक्षा
बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुंला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ यो पर्व नेपाल संवत्को गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन्।
नेवा: समुदायले मनाउने गुंलापर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जानु अपरिहार्य झैँ हुन्छ । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नाम अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ। यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।
गुंला बाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रूपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।

गुंला पर्वको तपाईंलाई सबैभन्दा मनपर्ने पक्ष कुन हो?
भगवान् बुद्धसँग जोडिएको किस्सा
यस गुंला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
बहीद्यः स्वःवनेगु नेवा:
आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरू यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एक दिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आआफ्ना दिनचर्याका खाँका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।




झापा । गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले...

बुटवल। राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा कर छलीका विरुद्धमा अर्को ठुलो कारबाही गरेको छ।

सिराज खान नेपालगन्ज, साउन ९ गते । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थाप...

ललितपुर – दक्षिण एसियामा छोटो अवधिका जलवायु प्रदूषक (एसएलसिपी) सम्बन्धी अन्तरराष्ट्रिय लघु सम्मेलन वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी र वैज्ञानिक अनुसन्धानलाई थप बलियो बनाउनुप...

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन् ।

No ads found for this position काठमाडौं। केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्य...

काठमाडौं । साउन ६ गते च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहँदा विद्या भण्डारी निजी निवास भंगालमा सञ्चारकर्मीसँगको अनौपचारिक छलफलमा भनिरहेकी थिइन्— म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँद...

बुटवल : मालपोत कार्यालय बुटवलमा कार्यरत मालपोत अधिकृत घनश्याम अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयको छाप नक्कली बनाएर लालपूर्जा वितरण गरेको आरोपमा अर्याललाई शुक्रबार जिल्ला प्रहरी कार्य...