
गाईजात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वर्ष विसं २०८२ सालको गाई जात्रामा सबैलाई स्वागत छ ।
गाई जात्राको पृष्ठभूमि
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

के तपाईं गाईजात्रा हेर्न जानुभएको छ?
राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने सुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन । "हिन्दु धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।"नेवारी भाषामा यो पर्वलाई 'सापारू' भनिन्छ। 'सा' को अर्थ गाई र 'पारू' को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ।
गाई जात्रामा के के गरिन्छ ?
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । हास्य कलाकारहरु आ-आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । पछिल्ला समयमा 'सिस्नु पानी नेपाल'ले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाँकेर आम नागरीकहरूको बिचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी, देख्ने गरी व्यङ्ग्यात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने गर्दछन् । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यस अवधिभर गाईजात्रामय हुने गरेका छन् । यसपालाको गाईजात्रा सप्ताहमा पनि राजनैतिक नेतृत्वका असक्षमता, परनिर्भरता, लम्पट वाद लगायत भर्खरै भएका र आगामी चुनावका प्रसङ्गले महत्त्व पाउनेछन् । खाडी देखि अमेरिका, युरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।


नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




मुस्ताङ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ–३ स्...

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार साँझ म...
दक्षिण कोरियामा नेपाली खेलाडीलाई स्वर्णसहित ७ पदक काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर...

अविनाश चौधरी धनगढी, साउन २५ गते । दुई पक्षका कैदीबिच भएको हिंसात्मक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारभित्र आज हातहतियारसहित सुरक्षाकर्मी, कारागार प्रशासन र मानव अधिकार आयोगको टोली प्रवेश गरेक...

कैलाली – यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका...

झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भएर हाल हल्दिबारी–४ ऐनाबारीमा बस्ने ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर ...
एनपिएलको गन्जागोल : क्यानको एक वर्षको सम्झौता भएको कम्पनीसँग एनपिएलको टाइटल र पावर्डबाइ स्पन्सरको पाँच वर्षको सम्झौता ! १० मिनेट अघि A A काठमाडौं : आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूसँग एनपिएल सञ्च...

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंमा मोटरिङ एकेडेमीको स्थापना गरिएको छ। एकेडेमीले अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात क्षेत्रमा अध्ययन र तालिम दिनेछ। मोटरिङ एकेड...