नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

रोपाइँ जात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के रोपाइँ जात्रा नयाँ जात्रा हो ?
गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैँचाहरूमा आजका दिन स्थानीयहरू भेला भएर यस जात्रा मनाउने चलन छ ।
रोपाइँ जात्राको पृष्ठभूमि
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्त्व रहने गर्द छ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरू बढे, कतैका किसान दाजुभाइ दिदीबहिनी खुसी भए भने कतैका किसान दाजुभाइ दिदीबहिनीलाई रोपाइँ सोचेजस्तो रूपमा नहुँदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाँडो, कतै सजिलै त कतै थुप्रै कठिनाइहरू सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।

के तपाईंको क्षेत्रमा रोपाइँ जात्रा मनाइन्छ ?
काठमाडौँ बाहिरको रोपाइँ जात्रा
तर फेरि रोपाई जात्रालाई काठमाडौँ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोसी किनार, कनकाई किनार देखि कर्णाली र महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
नेवा: समुदायमा रोपाइँ जात्रा
विशेष गरि नेवा: समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई "सिनाज्या जात्रा" भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई "चोपाइ" भनिन्छ। त्यहाँको स्थानीय भाषामा "चोपाइ" भनेको चोप्नु हो। आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।
यस कृषि प्रधान देशका सबै दाजुभाइ दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउँदा वर्षहरूमा थप बढ्दै जाओस् ।


मतयाः पर्व
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ । नेपालभाषामा मतको अर्थ दीप र याःको अर्थ यात्रा बुझिन्छ ।वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै दीपयात्रा गर्ने चलन छ ।





काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार हुने रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको भेटमा युक्रेनका केही भूभाग फिर्ता गराउने प्रयास गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै उ...

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा कृषकहरूले सहजै मल नपाएको विषयले प्रवेश पाएको छ । करिब ४५ मिनेट जति मलकै विषयमा कुराकानी भएको तर स्पष्ट निर्णय नभएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए । ...
एजेन्सी । स्पेनिस महिला फुटबलको मुख्य प्रशिक्षकमा सोनिया बर्मुडेजलाई नियुक्त भएकी छिन् । वर्तमान मुख्य प्रशिक्षक मोन्टसे टोमेको सम्झौता ३१ अगष्टमा सकिएपछि नविकरण गर्ने निर्णय स्पेनिस फुटबल महासंघले...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथा...

विराटनगर – नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रुपमा मनाउने सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ। सङ्घद्वारा आज यहाँ ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ। यो जात्रा लिच्छविकालीन कालदेखि मनाउँदै आएको परम्परा हो र गाईजात्राको भोलिपल्ट मनाउने चलन अनुसार आज मनाइएको हो। जात्राको क्रममा ...

सरकारले भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ। उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्...