नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय युवा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय युवा दिवस
अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।

युवालाई देशमै राख्न नेपालले कुन क्षेत्रमा बढी लगानी गर्नुपर्छ?
नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’मानवता जताततै युवाहरूको असीम ऊर्जा, विचार र योगदानमा निर्भर छ। आज र हरेक दिन, मानिसहरू र ग्रहको लागि, एक न्यायपूर्ण र दिगो संसारको आकार दिन युवा मानिसहरूको साथ र समर्थन गरौं।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५को नारा
"Local Youth Actions for the SDGs and Beyond" भनेको समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन्।




गुल्मी । माछा पोखरीमा डुबेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
News Summary Generated by OK AI. Editorially reviewed. नेपाल फुटबल खेलाडी संघले डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै एन्फा महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ । संघले दुई वर्षदेखि ठप्प र...

गण्डकी। साउन महिनाको अन्तिम मङ्गलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ मनाउने दिन । बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार गण्डकी प्रदेशका गुरुङ बाहुल्य बस्तीमा यस पर्वलाई उल्लासपूर्वक मनाउने...

देशबाट युवा पलायनको दर बढिरहेका बेला उद्यमी तथा व्यावसायिक व्यक्तित्वहरूले युवालाई स्वदेशमै रोक्न हल्लाभन्दा सार्थक पहल र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले युवाहरूलाई निराश नभई चुन...

दमौली (तनहुँ)। नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताएका छन्।

No ads found for this position काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ । मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको वि...
नेपाल ओलम्पिक कमिटीको विवाद थप चर्कने भएको छ। सरकारले नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुबबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेपछि ओलम्पिक विवाद झनै बढ्ने भएको हो। जीवनराम...

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।