नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व सुलेखन दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो ।
सुलेखन अर्थात् क्यालीग्राफी भनेको के हो ?
राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।

तपाईंलाई कुन नेपाली लिपि सबैभन्दा सुन्दर लाग्छ?
के तपाइलाई थाहा छ ?
हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीको कम्प्युटर भित्र नेपाली अक्षरहरू देख्ने हुटहुटीले गर्दा नै आज नेपालीहरूको सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोको सुरुवात भएको थियो ।अहिले पनि युनिकोडमा रहेको नेपाली फन्टहरू जस्तै आनन्द, मङ्गल आदि फन्टहरू पहिले पेन्ट या ब्रसले डिजाइन गरिएर डिजिटल रूपमा तयार गरिन्छ ।
कला संसारमा क्यालीग्राफी को प्रभाव
जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।
नेपालमा धेरै समूह र संस्थाहरूले सुलेखनलाई विशेष गरी देशका परम्परागत लिपिहरूको प्रवर्द्धन गर्दै आइरहेका छन् । यी संस्थाहरू मध्ये क्यालिजात्रा, क्यालिग्राफी नेपाल, नेपाल लिपि गुठीले उल्लेखनिय कामहरू गरिरहेको छ ।
क्यालिजात्रा
क्यालिजात्रा नेपालको सुलेखन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित एक गतिशील युवा समूह हो । रञ्जना लगायतका प्रचलित नेपाल लिपि, भुजनमोल, देवनागरी जस्ता परम्परागत लिपिहरूको पुनरुत्थानमा केन्द्रित छ । क्यालिजात्राले यी प्राचीन लेखन शैलीहरूलाई जीविन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
क्यालिजात्रा फाउण्डेशनका संस्थापक, आनन्द के. महर्जन भन्नुहुन्छ, "नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन् । हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठूलो योगदान दिएको छ, र यस संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न अत्यन्त जरुरी छ । विशेष गरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ। हामीले भारतको Ekype सँगको सहकार्यमा 'नित्य रञ्जना' नामक सुन्दर फन्ट विकास गरेका छौँ, जसले D&AD Yellow Pencil र TDC Excellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरवको कुरा हो।"
क्यालिजात्राका उप-अध्यक्ष लुमु श्रेष्ठ भन्नुहुन्छ "हाम्रो ध्यान सधैं रञ्जना लिपिको प्रवर्द्धनमा केन्द्रित छ, र हामीले काठमाडौं उपत्यका र नेपालका ८०+ स्थानहरूमा सामुदायिक सत्रहरू सञ्चालन गरेका छौं।"विभिन्न कार्यशालाहरू, प्रदर्शनीहरू, र सामुदायिक सुशिक्षित कार्यहरू मार्फत कलाको रूपमा मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा एक महत्त्वपूर्ण प्रयास गरिरहेका छन् । यी परम्परागत लिपिहरूसँग आधुनिक पुस्तालाई जानकारी प्रदान गरेर क्यालिजात्राले नेपाली सुलेखनको सुन्दरता र इतिहासलाई निरन्तर प्रेरणा दिइ फस्टाउने कुरा सुनिश्चित गर्दछ ।
क्यालिग्राफी नेपालः
नेपालमा सुलेखनलाई निरन्तर प्रवर्द्धन गर्ने अर्को समूह भनेको क्यालिग्राफी नेपाल हो । क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षण गर्न समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह हो ।
क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण भन्नुहुन्छ "कलिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैमा एउटा कला हो। र यहि कलालाई संरक्षण गर्नका लागि विभिन्न कार्यशालाहरू र रचनात्मक गतिविधिहरू मार्फत सक्रिय रूपमा समुदायहरूलाई परम्परागत नेपाली लिपिहरूको बारेमा जानकारी दिने कार्य क्यालिग्राफी नेपालले गर्दछ । जसले देशको सांस्कृतिक पहिचानको पक्षलाई संरक्षण गर्दछ ।"क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ भन्नुहुन्छ "यस इभेन्टको उद्देश्य नेपालको सुलेखन परम्परालाई प्रवर्द्धन र लोकप्रिय बनाउनु हो, आधुनिक पुस्तालाई पुरातन लेखन शैलीसँग जोड्नु हो।




रोम। बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुङ्गा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग (यूएनएचसीआर...
काठमाडौं । चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै...

हुम्ला – काठमाडौंको मेडिकेयर अस्पताल र हुम्लाको दुर्गमको नाम्खा गाउँपालिकाबीच सम्झौता भएको छ। नाम्खा गाउँपालिकाका स्थायी वासिन्दाले काठमाडौंको उक्त अस्पतालमा उपचारमा छुटको ब्यवस्था दिने गरी सम्झौता...

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)की आधिकारिक अध्यक्ष कायम भएपछि रञ्जिता श्रेष्ठ हर्ष विभोर भएकी छन्। उनको यो विभोरता टीकटकमा छचल्किएको छ। नाउपाको आधिकारिक अध्यक्ष कायम भएकी उनले बुधबार सा...

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको ‘सेफ्टी ट्याङ्की’ भित्र दुई जना पुरुषको शव फेला परेको छ ।

अन्ततः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दहालको सरुवा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक दहाललाई समावेशी आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । वाणिज्य व...

सरकारले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा सूची निकालेको हो । जसअनुसार सहसचिव पदम कुमार श्रेष्ठ र ...

विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको करिब ८०० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नेकपा माओवादी केन्द्रका स्थानीय नेता गगन (रेवतराज) पुरीसहित ९ जनालाई भ्रष्टाचारी...