
अन्तर्राष्ट्रिय मित्रता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कृष्ण र सुदामाको मित्रता
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो ?
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनका लागि निस्वार्थ हुन जरुरी छ ।

साँचो मित्रता तपाईका लागि के हो?
गीतहरूमा मित्रता
नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा भनेर । त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरी देखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?सुगम पोखरेलको मेरो एउटा साथी छ देखि दीपेश पोखरेलको के म तिम्रो साथी बन्न सक्छु लगायत अन्य थुप्रै छन् मित्रताका गीतहरू । घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि विभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्त्व दिएको छ, मित्रताका बारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।
गाँस छाड्नु तर साथ नछाड्नु
आज सम्झना गरौँ न, कक्षाकोठामा सिसा कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पत्ति साट्दासम्म साथ दिएका लिएका मित्रहरूलाई । इजार या इलास्टिक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सद्भाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्दछ । लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरू देखी भागेर फिल्म हेर्न गएकाहरू सम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरू सम्म, अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, वयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।
मदर टेरेसाका शब्दमा भन्न चाह्यौँ
आफ्ना मित्रलाई सिद्ध हुन भनेर आस नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यस अर्थमा हामीहरूले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरू सिकेका हुन्छौ । अर्कोतर्फ सत्य अनि सही मित्रहरू छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाउँमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।
अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय मित्रता दिवस मूलतः हल मार्क द्वारा सन् १९१९ मा स्थापना गरिएको थियो। यो मानिसहरूले एक अर्कालाई कार्ड पठाएर आफ्नो मित्रता मनाउने दिनको रूपमा मनाइएको थियो, तर सन् १९४० मा अर्थतन्त्र प्रभावित भयो र बजार सुक्यो र अन्तत यो पूर्ण रूपमा समाप्त भयो।


अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ। सन् २००३ देखि लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (UNODC) ले विश्वव्यापी रूपमा पत्ता लागेको तस्करीबाट पीडित भएका करिब २२५,००० व्यक्तिहरूको जानकारी सङ्कलन गरेको छ। सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठक गर्यो। सदस्य राष्ट्रहरूले पनि A/RES/68/192 प्रस्ताव पारित गरे र जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा तोके। यो सङ्कल्पले "मानव बेचबिखनका पीडितहरूको अवस्थाको बारेमा चेतना जगाउन र उनीहरूको अधिकारको प्रवर्द्धन र संरक्षणको लागि" यस्तो दिन आवश्यक भएको घोषणा गरेको छ। संसारका हरेक देश मानव बेचबिखनबाट प्रभावित छन्। विश्वभरका तस्करहरूले महिला र केटीहरूलाई लक्षित गरिरहन्छन्। यौन शोषणका लागि बेचबिखनमा परेका अधिकांश पीडितहरू र जबरजस्ती श्रमका लागि बेचबिखन गरिएकामध्ये ३५ प्रतिशत महिला छन्। सशस्त्र समूहहरूले जबरजस्ती विस्थापित मानिसहरूलाई लक्षित गर्दै नागरिक र तस्करहरूले शोषण गर्दै द्वन्द्वले कमजोरीहरूलाई अझ बढाउँछ।
अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २०२५को "Human trafficking is Organized Crime – End the Exploitation" भन्ने विषयवस्तुले मानव बेचबिखन कुनै पृथक कार्य होइन तर नाफाको लागि कमजोर मानिसहरूको शोषण गर्ने सुनियोजित, ठूलो स्तरको आपराधिक सञ्जाल हो भन्ने कुरालाई प्रकाश पार्छ। यसले यी सञ्जालहरू तोड्न, पीडितहरूलाई सुरक्षा दिन र न्याय सुनिश्चित गर्न संयुक्त विश्वव्यापी कार्यको आह्वान गर्दछ।
नेपाली कानुनमा मानव बेचबिखन विरुद्धको व्यवस्था
मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ । यस अघि अपहरण र जबरजस्तीका घटनामा संलग्न अभियुक्तलाई सुरक्षा निकायले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने गरेकाले उनीहरू सामान्य जरिवानामा छुट्ने गरेका थिए । नयाँ ऐनको कार्यान्वयन प्रभावकारी भएको खण्डमा मानव बेचबिखन र अपहरण लगायतका कार्य धेरै हदसम्म निरुत्साहित पार्नेछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को प्रभावकारी कार्यान्वयनको लागि सरकारको साथै सरोकारवालाहरू क्रियाशील हुनु पर्ने देखिन्छ ।
हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस सङ्गठित अपराधको विरुद्ध सघन रूपमा आवाज बुलन्द पारौँ र मानव बेचबिखनविरुद्ध सशक्त रूपमा लड्न जरुरी छ ।


कल्की जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज के के गरिन्छ ?
सबेरै उठेर स्ना नगरी विष्णु सहस्त्रानाम जाप गर्ने , कल्की अवतारको प्रतिमा स्थापना गरी बीज मन्त्र जाप गर्ने र कल्की अवतारको आसन बनाएर पञ्चामृतले स्नान गराउने गरिन्छ ।
त्यसपश्चात् आज गरिने दान पुण्यको पनि विशेष महत्त्व रहन्छ ।
कलियुगको अन्त गराउने जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनर्स्थापना गराउने विश्वास गरिन्छ ।भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतार कल्की अवतार ले धर्मको पुनर्स्थापना गराउने भएकाले यस अवतारको महत्त्व सत्ययुगको सुरुवातसँग पनि जोडिएको छ । कल्की जयन्तीले भगवान् विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनाश गरेर पुन एक पटक यो मानव जगत् लाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।
कल्की अवतार सम्बन्धी भविष्यवाणी
भगवान् विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान् विष्णुको यो अवतारले एक जना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनाश गर्नेछन् । शाम्बला भन्ने ठाउँमा पिता विष्णुयाशा र माता सुमतिको कोखबाट यस अवतारको जन्म हुने पुराणहरूमा उल्लेख गरिएको छ ।
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।