मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

खीर खाने दिन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
खीर खाने दिन
यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई
यस वाक्यांश नेपाली जनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्त्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ । यहाँहरूमा खिर खाने दिवसको शुभकामना ।
खिर कस्तो परिकार हो?
दूध–भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

के तपाईं आज आफ्नो घरमा खीर बनाउँदै हुनुहुन्छ ?
नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।
मानव र दूधको एउटा नमेटिने सम्बन्ध
मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।
यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीन कालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यति बेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहु गुणी अमृतकै रूपमा लिइन्छ ।
आर्युवेदमा खिर
आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।
भगवान् श्रीकृष्ण र खिरको प्रसङ्ग
भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सि याम राज्य अर्थात् थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
श्रावणको १५
श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्य बिन्दु खिरका लागि प्रचलित छ ।
रोपाई सकिन आँट्यो या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौँ है । ल है, सहर तिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला । ढिलो हुँदा नपाइएला नि !


तुलसीदास जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन्।आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम "रम्बोला" रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।





सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनः भरण योजना अत्यावश्यक भएको बताएका छन् । बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्र...

एकिन्द्र तिमिल्सेना टीकापुर, साउन १५ गते । टीकापुर नगरपालिका १ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरुले टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । टीकापुर बहुमुखी क्याम्पस र बीर...

काठमाडौँ – टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्ने भएको छ। आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्त...

काठमाडौं । भारतमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौखिक आक्रमणलाई निरन्तरता दिएका छन् । भारत–रूस सम्बन्धप्रति आक्रोशित ट्रम्पले अब दुवै देशको अर्थव्यवस्था ‘मृत’...

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्षबाट निलम्बन गरेपछि रञ्जिता श्रेष्ठले निकटस्थसँग छलफल थालेकी छन् । बिहीबार नाउपाको राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चय...

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो ।

काठमाडौं : पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। त्यस्तै डिजेल र मट्टित...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वव्यापी फुटबल अभियानको हिस्साको रूपमा एक हजारभन्दा बढी विद्यालयमा फुटबल वितरण कार्यक्रम शुरू गरे। नेपालमा फुटबल निकै लोकप्रिय खेल भए पनि धेरै विद्यालयमा ...