मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व खेलकुद पत्रकार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
खेलकुद पत्रकारिता भनेको के हो ?
खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा हो। सन् १८०० बाट यसको सुरुवात भएको पाइन्छ र त्यसपछि सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमश खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । पत्रकारिताको यस स्वरूप र यसमा संलग्न व्यक्तिहरूलाई मनाउन हरेक वर्ष विश्व खेलकुद पत्रकार दिवस मनाइन्छ।
अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ। विश्व खेलकुद पत्रकार दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्ने पहल हो।
विश्व खेलकुद पत्रकार दिवस २०२५ को नारा "Championing Fair Play: Reporting with Integrity and Impact," ले इमानदारी, निष्पक्षता र नैतिक रिपोर्टिङ प्रवर्द्धनमा खेलकुद पत्रकारहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ। यसले सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र खेलकुदको वास्तविक भावनालाई कायम राख्ने सही, निष्पक्ष कथाहरू प्रदान गर्ने उनीहरूको जिम्मेवारीलाई जोड दिन्छ।

तपाईंको विचारमा खेलकुद पत्रकारीताको मुख्य चुनौती के हो ?
विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ।
आजको यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो। खेलकुद पत्रकारिता को विकास सन् १८०० को समय बाट नै सुरु भएको थियो यद्यपि त्यस समयमा खेलकुद पत्रकारिता केवल कुलीन खेलहरूमा मात्र केन्द्रित थियो र खेल घटनाहरूको सामाजिक सन्दर्भ केवल रिपोर्टिङमा बढी केन्द्रित थियो। प्रारम्भमा, रिपोर्टिङ मुख्यतया घोडा दौड र बक्सिङ जस्ता कुलीन खेलहरूमा केन्द्रित थियो र मुख्यतया उच्च वर्गमा मात्र लक्षित थियो किनभने समाचार पत्रहरू जनताको पहुँचभन्दा बाहिर थिए। क्रमशः समाचार र सञ्चारको पहुँच सर्वसाधारणमा बढ्दै जान थालेपछि सन् १९२० पछि मात्र यो पेसाले विस्तारित आकार लिन थालेको पाइन्छ ।
नेपालमा पनि त्रिपुरेश्वर काठमाडौँमा कार्यालय भएको नेपाल खेलकुद पत्रकार सङ्घको स्थापना भएको छ । नेपालका खेलकुद पत्रकारहरूको छाता सङ्गठनका रूपमा नेपाल खेलकुद पत्रकार सङ्घले विभिन्न कार्यक्रम, पैरवी अनि दिवसहरू खेलकुद पत्रकारहरूको अर्थपूर्ण सहभागितामा मनाउँदै आएको छ ।


भरतपुर। चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय बनाउन लागिएको हो । प...

सन्तोष दहित दाङ, असार १८ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले...

संवैधानिक नियुक्ति विवादको फैसला सुनाउने भनेर कानुन व्यवसायी तथा सञ्चारकर्मीलाई इजलासमा बोलाइए पनि न्यायाधीशहरु अझै देखापरेका छैनन्। सर्वोच्च अदालतको संवैधानिक इजलासका पाँचै जना न्यायाधीश च्याम्बर...

मेड्रिड (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन्।

विभिन्न संवैधानिक निकायमा झण्डै साढे ४ वर्षअघि गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ । यसका लागि मध्यरातमा संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश प्रकाशमा...

काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिकारीहरूको नियुक्तविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। संवैधानिक इजलास बसेर उक्त मुद्दाको फैसला सुनाउने तयारी गरिएको हो। सर्वोच्चल...

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्। बुधबार राति करिब सवा ९ बजेतिर भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी व...

काठमाडौँ – विवादित रुपमा नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्ध परेको रिटको अन्तिम आदेश सुनाउन संवैधानिक इलासले धेरै ढिलो गरेको छ। बुधबार निर्णय सुनाउने मिति तय गरेको इजलासले रातको ११ः...