मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।

गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।




काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि भइरहेको वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्न सक्ने र पहिरोको जोखिम रहन सक्ने भन्दै सर्वसाधारण...
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय महिला फाइभ 'ए' साइड हक्की प्रतियोगिता हुने भएको छ । यो नेपालमा आयोजना हुने पहिलो ‘फाइभ ए साइड’ प्रणालीको हक्की प्रतियोगिता हो । आयोजक नेपाल हक्की सं...

कैलाली – धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्। ६ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी ...

अदालतको आदेशपछि वायुसेवा निगमले परिचारिकालाई काममा बोलायो १९ असार, काठमाण्डौं । नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ । यही अस...

सलिम मियाँ बिजुवार, असार १९ गते। प्युठानको ऐरावती गाउँपालिकाले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीलाई लक्षित गरीउच्च शिक्षा अध्ययनमा उल्लेखनीय पहल गरेको छ। बरौला गाउँका अजय जिसीलाई काठमाडौँ विश्ववि...

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल...
नेपालको महिला लिग च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ मा प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘बी’ मा कलेज अफ एशियन स्कलर्स (थाइल्याण्ड), पीएफसी नासाफ (उज्वेक...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ । पुटिनले मस्कोस्थित एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिय...