
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधिको असर र कारोबारबाट मुक्त गराउनु हो ।
विश्वमा अधिकांश लागु औषधिका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् किनभने यो उमेरमा मान्छेहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउँदछन् । अझ थोरै समयमा धेरै पैसो कमाउने लालाज़ अनि नशाको लतले त झन् युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वमा गएको शताब्दीबाट लागु औषधको कारोबार को गुणा धेरै बढेको पाइन्छ, लागु औषधिको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरूको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन । सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयुक्त सर्भे क्षणले करिब ७ करोड २५ लाख मान्छे लागु औषधि प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर दोब्बर भन्दा धेरै भएको अनुमान छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन, लागु औषधि कारोबारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै विभिन्न रोगहरू जस्तै एचआइभी, हेपाटाइटिस लगायतहरु पनि यस कारणले पनि सर्ने गर्दछ ।
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस २०२५ को नारा "Breaking the Chains: Prevention, Treatment, and Recovery" अर्थात् "जन्जिर तोडौं : रोकथाम, उपचार र पुनर्स्थापना" हो।यस नाराले समाजमा लागूपदार्थको दुर्व्यसन र अवैध कारोबारको शृंखला तोड्नुपर्ने सन्देश दिन्छ। यसले विशेष गरी तीन पक्षलाई जोड दिन्छ — रोकथाम, ताकि मान्छेहरु दुर्व्यसनतिर नलागून्, उपचार, ताकि दुर्व्यसनमा फसेकाहरूलाई निको पार्न सकियोस्, र पुनर्स्थापना, जसबाट उनीहरू फेरि सम्मानपूर्वक समाजमा फर्किन सकून्।

युवाले किन लागुऔषध प्रयोग गर्न थाल्छन्?
नेपालमा हिप्पी संस्कारपछि बढ्दै गएको लागु औषधिको कारोबार
नेपालमा पनि लागु औषधिको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधिको कार्य भूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर विभिन्न लागु औषधि किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुक्ख लाग्दो कुरा हो । सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्त्वको प्रयोग खुलेआम गरिँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो वास्तविक अवस्था बयान छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।लागु औषधको सेवनले हिरो हैन जीरो बनाउँदछ भन्ने कुराहरू आउँदा नेपाली पुस्तालाई दिन जरुरी छ । चुरोटका ठुटा वाट खोक्दै सुरु गरेको नशा यात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन, जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ ।
उता नेपालमा कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै लागु औषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सीमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । सामान्य वैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलासी लिने अनि दुख्न दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागु औषध ल्याइन्छ तर त्यो भने देखिन्न । आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ है । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा सबैको यस तर्फ ध्यान जाओस् ।
तपाईंको विचारमा पोर्चुगल र क्रोएसिया विरुद्धको खेल कसले जित्छ ?






अलमलमा परेको कामलाई मिलाउने अवसर प्राप्त हुनेछ। सानो विषयलाई समयमै टुङ्ग्याउनुभयो भने पछिका जिम्मेवारी पनि सहज बन्दै जानेछन् त्यसैले आज लापरवाही नगर्नु राम्रो हुनेछ। साँझतिर आफूले गरेको प्रयासको सन्तुष्टि महसुस गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।