मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

भूमि पूजन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भूमि पूजा
भूमि पूजालाई भूमे पूजा पनि भनिन्छ । असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । मगर समुदायको चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ। रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्रवार बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिपी फर्किएको छ । यसका अलावा नेपालभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ-आफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।

के तपाईंको समुदायमा भूमे पूजा मनाइन्छ?
भूमि पुजा को सम्बन्ध कृषि र बादलसँग हुन्छ
प्राचीनकालदेखि नै हाम्रो समाजमा यस्तो विश्वास रहिआएको छ कि यदि भूमिदेवता रिसाए भने वर्षा नपर्ने, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउने र बालीनाली सखाप हुने सम्भावना हुन्छ। यही विश्वासले प्रेरित भएर मानिसहरूले भूमिदेवतालाई खुसी पार्न पूजा–आजा गर्ने परम्परा कायम राखेका छन्।
असार १ गते बाट नै औपचारिक रूपमा भूमि पूजनको विधिहरू सुरु हुन्छ । भूमे पुजाको सम्बन्ध कृषि र बादलसँग हुन्छ, ज्येष्ठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याएर खते खरियानका भूमे पूजा सुरु गरिन्छ । लेकबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गरी मनाउँदछन् । भूमे नाच जेठदेखि नाच्ने गरे पनि असार १ देखि ३ गतेसम्म पूजाआजासहित गाउँले एकै ठाउँ जम्मा भएर मनाउने गर्दछन् । त्यस बेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ ।





काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा...

भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नि...

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ३५ लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट निस्कनुभएको छ ।

गोरखापत्र अनलाइन काठमाडौं, असार ११ गते । नेपालमा कुल जनसंख्याको ३७ प्रतिशत प्रतिनिधित्व गर्ने आदिबासी जनजातिका अगुवाहरुले पहिचान, संविधानद्वारा प्रदत्त अधिकारको कार्यान्वयनसहितका साझा मुद्दामा एकत...

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बुधबार न्याय...

No ads found for this position धरान । सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० व...

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रिहा भएका छन् । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले मागेको ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै बुधबार राति उनी रिहा भएका हुन् । ...

११ असार, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजला...