नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पुत्रदा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
पुत्रदा एकादशी व्रत कथा
धर्मशास्त्रहरू अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

के यसअघि तपाईंले पुत्रदा एकादशीको व्रत बस्नुभएको छ?
राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको महात्मै महत्त्वपूर्ण मानिन्छ ।
पुत्रदा एकादशीमा के गरिन्छ ?
यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।




कास्की । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा समय विस्तार गरेको छ । प्रशासनले यही साउन २२ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य ...

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित गरेको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चा...

नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी ‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) मनाएको छ। हालै बंगलादेशमा भएको सफल जनविद्रोहको स्मरणमा आयोजित उक्त कार्यक्...

शंकर केसी सल्यान, साउन २० गते । प्रसिद्ध कालिमाटी गंगामाला मन्दिरको पर्खाल भत्किएको छ । लगातारको बर्षाको कारण पर्खाल भत्किदा मन्दिर जोखिममा परेको छ। कालिमाटी गाउँपालिका वडा ३ स्थित गंगामाला भगवतीक...
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबको प्रायोजकमा केल्मीले निरन्तरता दिएको छ । एपीएफका अध्यक्ष सशस्त्र प्रहरी बल वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्...

काठमाडौं। सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो।

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।

‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले सो विधेयकलाई अन्तिम रूप दिने क्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले उत्तरदायीपूर्ण र सचिवले परिभ...