मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।


विश्व युवा दक्षता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।
विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरूको आवश्यकता
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१% भएको देखाएको थियो । यो सङ्ख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अङ्क गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
अर्थात् शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाउने भन्ने अर्थ लाग्दछ । नेपालमा बेरोजगारी नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधौँ योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संसाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको उत्पादन गर्ने लेखिएको छ । तर, यसै क्रममा देशमा रोजगारी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । सरकारले नयाँ नयाँ श्रम गन्तव्य खोल्नुलाई गर्वका साथ लिएको अवस्थामा स्वदेशमा नै रोजगारीको अवसरका लागि पैरवी गर्दै अघि बढ्न आज सर्वत्र बल पुगोस् ।


बीतक कथा प्रारम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
श्रावण महिनामा ब्रह्म ज्ञान कथा सुनेर भक्तजनले कृतज्ञता महसुस गरुन् श्रावण कृष्ण पञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म राधा कृष्ण मन्दिरहरूमा हरेक दिन एक निश्चित समयमा ब्रह्म ज्ञान बीतक कथा को पठन र अर्थ गर्ने चलन छ । यो परम्परा र कथा अहिले धेरैलाई नयाँ लागे पनि उल्लेखित परम्परा तीन सय वर्षभन्दा पुरानो हो र हरेक वर्ष जारी रहन्छ ।
के हो त बीतक कथा ?
प्रणामी समुदायमा अति चर्चित यस कथा बीतक ब्रह्मा आत्मज्ञानको कथाको अर्थ लगाएर भक्तहरूलाई दिइने उपदेश हो। बीतक कुनै मानव इतिहास होइन न त यो कुनै भगवान्, आचार्य, सन्त, वा गुरुलाई आफ्ना भक्त वा शिष्यहरूसँग के भयो भन्ने विवरण हो। स्वलीला अद्वैत सच्चिदानन्द परब्रह्मले आफ्नो आवेगपूर्ण शक्तिद्वारा श्री महामति जीको वासस्थानको हृदयमा वास गरी उहाँलाई श्री प्राणनाथ जीको रूपमा आफू जस्तै बनाउनुहुन्छ र भटकिरहेका आत्माहरूलाई अक्षर र शब्दहरूभन्दा परको परमधामको अलौकिक मार्ग देखाउनुहुन्छ। यसै परिपक्ष्यमा मायाको अन्धकारमा दिव्य लीलाको वर्णन नै बीतक कथा हो ।
श्रावण कृष्ण पञ्चमीदेखि सुरु भएको यस बीतक कथाको सबैलाई असीम ज्ञान रहनेछ । शुभकामना ।




कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँचजनालाई मंगलबार सुर्खेत प्रहरी...

बुटवल । रुपन्देहीको तिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरू चोरी भएकोमा प्रह...

काठमाडौँ । प्रहरीले अनलाइन जुवा खेलाउने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालडुम भिलेज रिसोर्ट र...

लागुऔषध र जाली नोटको कारोबारमा संलग्न एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार नक्कली पैसा लिएर दिलमाया सिंह ठकुरी किनमेल गर्न गएपछि यो गिरोहलाई प...
काठमाडौं-बंगलादेशमा जारी साफ महिला यु-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको छ। पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा थप दुइ गोल थपेको थियो। बं...
ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्...
News Summary Generated by OK AI. Editorially reviewed. नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० गोलअन्तरले जित निकालेको छ। मीना देउवाले ह्याट्रिक गरेकी थिइन् भने पूर्णिमा राईले २...
बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले मंगलबार श्रीलंकालाई ७–० ले हरायो । यस खेलमा नेपालले पहिलो हाफमा पाँच र दोस्रो हाफम...