मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

दहीचिउरा खाने दिन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ?
डल्लाहरु फुटाइए त ?
माटो सम्याईयो ?
यसपाला के ले जोत्दै हुनुहुन्छ ?
हल गोरु नै छन् या ट्याक्टरले ?
खेतालाहरु पाइन्छ त ?
अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ?
अरु धेरै प्रश्नहरु छन् है कृषीप्रधान देशका कृषीप्रमी नेपालीहरुलाई सोध्नपर्ने । कुन धान रोप्दै हुनुहुन्छ ? कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी या अरुनै कुनै । असारको १५ को रौनकमा स्वागत छ , यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ ।असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो । स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, यसअर्थमा ईरान र देवनागिरी लिपीसँग पुरानो समबन्ध रहेको पुष्टि हुन्छ, असार शब्दको पृष्ठभुमीले पनि एउटा प्रमाण ईरानतर्फ देखाएको छ । अर्कोतर्फ ईस्लाम धर्ममा दिनन्हु गरिने ५ प्रार्थनामध्य एउटालाई अस्र भनिन्छ । ईजिप्ट भन्ने देशमा चाँही मृत्यूका देवतालाई ओसरिस असार भनिने रहेछ।

जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन्, धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ है ।
हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।
यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ ।
आषाढेको झरिले धानको रोपाईं राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एकअर्कासँग माया प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस । घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन् ।
आषाढे पन्ध्रको शुभकामना, दहिच्यूरा खाने हैन त ?


राष्ट्रिय धान दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।
कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।
हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपालीहरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । माटोको जय होस्
धान दिवसको शुभकामना
एटलान्टा । जोआओ नेभेसको दुई गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इन्टर मियामीलाई पराजित गर्दै फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टामा सम्पन्न खेलमा युरोपियन ...

काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त...
निकै चासोका साथ प्रतीक्षा गरिएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले कमजोर टोली लाओसमाथि सानदार नतिजा निकालेको छ। उज्बेकिस्तानमा आइतबार सुरु छनोटको पहिलो खेलमा लाओससँग प्रतिस्पर्धा गर्...

सेभिल्ला (स्पेन), असार १५ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरक...

इजरायली सुरक्षा संयन्त्रको ठूलो उपलब्धि, पश्चिमी तटबाट ६० जना पक्राउ १५ असार, हेब्रोन । इजरायली आन्तरिक सुरक्षा निकाय शिन बेटले आइतबार एक विज्ञप्ति जारी गर्दै पश्चिमी तटको हेब्रोन क्षेत्रमा हमाससँ...

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अ...

No ads found for this position काठमाडौं । प्रतिनिधि सभाबाट आइतबार पारित संघीय निजामती सेवा विधेयकप्रति कर्मचारी संगठनले आपत्ति जनाएका छन् । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) निकट कर्मचारी संगठन र प...