मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व जनसंख्या दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।
संसारको जनसङ्ख्या
विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको छ । यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो ।

नेपालमा तीव्र जनसंख्या वृद्धिले भविष्यमा कस्तो प्रभाव पार्ने सम्भावना छ?
जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती ?
जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ, बि.सं. २०५६ सालमा तत्कालीन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसङ्ख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।
तर सधैँ जनसङ्ख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा आफ्नो खस्कँदो जनसङ्ख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रवर्तनमा लागेकाले यसो भएको हो ।जनसङ्ख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसङ्ख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसङ्ख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।
विश्व जनसंख्या दिवस २०२५ को नारा “Empowering young people to create the families they want in a fair and hopeful world ” यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई informed decision लिन सहयोग पुर्याउने लक्ष्य राख्छ, ताकि उनीहरूले आफ्नो भविष्य आफैं तय गर्न सकून्।
चीनको उदाहरण
विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसङ्ख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसङ्ख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध(वृद्धाहरूको जनसङ्ख्यासँग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरूमा जनसङ्ख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।
पपुलेशन बोनस
नेपाल, भारत र बङ्गलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ क्रियाशील जनसङ्ख्या अर्थात् १६ देखि ४९ सम्मका जनसङ्ख्या कूल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी हुनु । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानै पर्ने बाध्यता सिर्जना गर्नेहरूको हो ।
उत्पादनमुखी उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा पटके र यस अघिसम्म रहेको अस्थायी सरकारहरूको दोष हो, यसमा दुईमत नहोला । यस्तो अवस्थामा व्यवसायीहरू पनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण आयातमुखी कारोबार फस्टाउँदै गएको छ ।





नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ । तरलता बढेपनि अर्थतन्त्र दबाबमा रहेका बेला नवनियुक्त गभर्नर डा. विश्व पौडेलले नि...
काठमाडौं – नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । युरोप क्षेत्रीय छनोट पार गर्दै दुई टोलीले विश्वकपमा यात्रा तय...

काठमाडौँ । रसुवा बाढीमा फसेका थप ८९ जनालाई असार २७ गते वैकल्पिक सडक मार्ग बनाई सुरक्षित साथ गन्तव्यतर्फ पुर्याइएको छ । टिमुरेबाट स्याफ्रुवेशीतर्फ वैकल्पिक सडक बनाई ५५ जनालाई गन्तव्यतर्फ पठाइएको हो...

झापा – यहाँस्थित नारी सञ्चार गृहले पत्रकार महिलाहरूलाई पत्रकारितामा पेसामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा रु ५१ लाख सङ्कलन भएको छ। संस्थाले उक्त कोषको ब्याजबाट रु एक लाख न...

रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित मेला डाँडाको तल कोरबासको भीरमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुमकोट–मुसिकोट सडकखण्ड । तस्बिर : कुलदीप न्यौपाने/रासस
काठमाडौँ । नेदरल्याण्डस र इटाली आइसीसी पुरुष टी-२० विश्वकपमा छनौट भएका छन् ।

No ads found for this position वीरगञ्ज। सशस्त्र प्रहरी बल पर्साले आज भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा स...

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभइ अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...