मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय सहकारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
सहकारी भनेको के हो ?
शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको दिवसको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ ।
सहकारी ऐनको अनुसार सहकारीको परिभाषा
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

अहिले नेपालमा सहकारी ठगी गम्भीर आर्थिक अपराधको रूपमा देखा परेको छ, जसले हजारौं सर्वसाधारण नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ। सहकारी संस्थाहरूमा विश्वास गरेर धेरैले आफ्नो जीवनभरको बचत लगानी गरे, तर केही संचालकहरूले नियमनको अभाव, शक्ति दुरुपयोग र राजनीतिक संरक्षणको आडमा ती रकम ठगी गरे। यसले गर्दा पीडितहरू आर्थिक रूपमा डुब्न पुगेका छन्, कतिपयले मानसिक तनाव, परिवारको विखण्डन र जीवनयापनमा कठिनाइ भोगिरहेका छन्। सरकार र नियमनकारी निकायले यस्ता ठगीमा संलग्नहरूलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु आवश्यक छ, अन्यथा सहकारी प्रणालीप्रतिको जनविश्वास पूर्ण रूपमा गुम्ने खतरा छ।
के तपाईंले सहकारीमा बचत गर्ने गर्नुभएको छ ?
विश्व सहकारी दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
वर्ष २०२५ को विश्व सहकारी दिवसको नारा
"Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World" यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाधै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ ।


घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित भएपछि नेपाल एएफसी एसियन कपमा छनोट हुन असफल...
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको ह...
काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित...

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा विशेष कार्यका लागि जर्मनी प्रस्थान गर्ने भएपछि पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टीद्वारा जारी ...
नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन चुकेको छ । शनिबार राति सम्पन्न उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा पेनाल्टी सुटआउटमा चुकेपछि नेपाल एसियन कपमा छनोट हुन वञ्चित भएको हो । उज्वेकिस्तानको राजधान...
काठमाडौं। एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित भएको हो।
काठमाडौँ- एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। उज्वेकिस्तान भने २२ वर्षपछि एसियाकपमा छनोट हुन सफल भयो। निर्धारित समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा न...
काठमाडौँ । नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट फुटबलमा उज्वेकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको हो । यसअघि निर्धारित समयसम्म ३-३ को ब...