मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

हरिशयनी एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सनातन दर्शनमा एकादशीको महत्व
वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।
वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

तपाईंले घरमा तुलसी रोप्नु भयो ?
देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।
यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
तुलसी रोप्ने
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
तीर्थ समान तुलसीको मठ
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।
चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।
राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।
किंवदन्ती तथा कथाहरूले जेसुकै भनेपनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्यपथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईंको साथमा हुनेछ । तपाईंको दिन शुभ रहोस् ।


चतुर्मास व्रत आरम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका ४ महिना भगवान विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेषगरी भगवान शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।
भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्वकालदेखि रहिआएको छ।
असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चर्तुमास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चर्तुमास सकिन्छ ।
विष्णु भगवान चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहुर्तहरू हुन्छन् ।





काठमाडौँ। एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनम...

काठमाडौं । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोधियो, “के तपाईं इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने योजना बनाउँदै हुनुहुन्छ ?” उनले जवाफ दिए, “म गर्न पनि सक्छु, नगर्न पनि सक्छु । कसैला...

भद्रपुर (झापा) । यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ।

महोत्तरी –समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन्। असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हु...
काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ ।
News Summary Generated by OK AI. Editorially reviewed. एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो । नेपालले यस प्...

सना । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको बताएका छन् । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ । हूथीहरू यमनको उत...

काठमाडौं । काठमाडौं उपत्यका आसपास जिल्लामा शुक्रबार राति पानी परिरहेको छ । काठमाडौंस्थित विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । "काठमाडौंस्थित विष्...