मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वराह जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भगवान् विष्णुको जन्म जयन्ती
वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।
वराह मंत्र: ॐ नमो भगवते वराहरूपाय भूर्भुवः स्वः पतये भूपतित्वं मे देहि द दापय स्वाहा।
वराह अवतारसत्ययुगमा भगवान् विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता सैतानको विनाश गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।

वराह जयन्तीको बारेमा तपाईंलाई थाहा थियो?
ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्धार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतङ्क दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान् ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान् विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान् ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान् विष्णुको अवतारको रूपमा स्वीकार गरे ।
त्यस बेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रसन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दाँतमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुसी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान् विष्णुको वराह अवतारलाई युद्धका लागि ललकारे । त्यसपछि भगवान् विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।
वराह अवतार भन्दाअघि भगवान् विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाइ हिरण्य कश्यपलाई भने भगवान् विष्णुले चौथौँ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ । श्री वराह देव को कृपा ले हामी सबैको समस्त मनोकामना पूर्ण होस् ।
वराह जयन्तीको सबैलाई शुभकामना छ





काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखा परेका समस्याहरू समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीहरू र उच्च अधिकारीहरूसँग ...

गोरखापत्र अनलाइन काठमाडौं, साउन ११ गते । ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको ...

कपिलवस्तु प्रहरीले २५ लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना र नगद चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्लाको शिवराज नगरपालिका–५ स्थित एक घरबाट चोरी भएको केही दिनमै प्रहरीले अभियुक्तलाई पक्...

काठमडौं । टिकटकले नेपालको सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०२५'मा मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ । यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचा...

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई बिदाइ गरिएको छ। २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका ढकालले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनुअघि सेवाकालको अन्तिम दिन आइतबार सर्वोच्च अ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रबाट सुरु हुने प्रवेशविन्दुमा देखिएका समस्या समाधानका लागि पहल थालेका छ...
काठमाडौँ । भारत र इङल्याण्डबीचको चौथो टेस्ट ड्र भएको छ । टेस्टको पाँचौं दिन भारतले ४ विकेट गुमाएर ४२५ रन बनाए पछि खेलको नतिजा आउन नसकेको हो । भारतले खेलको चौथो र पाँचौं दिन ब्याटिंग गरेर केवल ४ विक...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्व...