
विश्व हेपाटाइटिस दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व हेपाटाइटिस दिवस
हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो आज भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई हेर्ने हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरू भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पुयाउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर नै आजको दिन मनाउन थालिएको हो है ।
विश्व हेपाटाइटिस दिवस २०२५ नारा
यो हेपाटाइटिसको उन्मूलन र कलेजोको क्यान्सरको रोकथामलाई रोक्ने कलंक लगायतका अवरोधहरू हटाउने आवश्यकतालाई जोड दिन्छ। मानिसहरूलाई हेपाटाइटिसको बारेमा कुरा गर्न र परीक्षण र उपचारमा पहुँच पुर्याउन सजिलो बनाउनमा ध्यान केन्द्रित गरिएको छ।

तपाईं वा तपाईंको परिवारले कहिल्यै हेपाटाइटिसको परीक्षण गर्नुभएको छ?
हामीमध्ये कति जनालाई यो हेपाटाइटिस बारे थाहा छ त ?
एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरूको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्दछ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् ।
हामीमध्ये कति जनालाई यो हेपाटाइटिस बारे थाहा छ त ?
तथ्याङ्क मात्र हेर्दा यी अङ्कहरू सङ्ख्या मात्र लाग्दछन् तर हरेक सङ्ख्या पछाडि एउटा जीवन लुकेको हुन्छ । त्यो जीवन हामीले माया गरेका मानिस हुन सक्छन्, हाम्रै इष्टमित्र, दाजुभाइ, आमाबुवा, छरछिमेक हुन सक्छन् । हेपाटाइटिसबारे जागरण फैलाउनु हाम्रो कर्तव्य हैन र ?हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस बी र सी लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै पिरोल्ने गर्दो रहेछ ।
लागूपदार्थ दुर्व्यसनी, एचआइभी सङ्घर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०% मानिसहरू र हेपाटाइटिस सी भएका ८०% मानिसहरूलाई यो रोग भएको बारे अनभिज्ञ रहने र नजानेरै अरूमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरूसरह घातक रोग मानिन थालिएको रहेछ ।हेपाटाइटिसबारे जागरूकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदै छ ।कलेजोले तपाईलाई जीवित राख्न प्रत्येक दिन ५०० भन्दा बढी महत्त्वपूर्ण कार्यहरू गरिरहेको हुन्छ । त्यसैले कलेजो स्वास्थ्य मानव जीवनको लागि आधारभूत हुन्छ । हेपाटाइटिसले कलेजोमा सिधै असर गर्छ तर यस रोगको लक्षणहरू भने रोग पूर्णतया विकसित नभएसम्म थाहा हुँदैन ।
विश्व हेपाटाइटिस दिवस २०२५ को नारा “Hepatitis: Let’s Break It Down” यो विषयले हेपाटाइटिसबारे जटिल जानकारीलाई सरल भाषामा बुझाउँदै जनचेतना फैलाउने सन्देश दिन्छ। यसले रोगको कारण, रोकथाम, लक्षण र उपचारलाई टुक्राटुक्रामा स्पष्ट गर्दै सबैलाई बुझ्न र समयमै कदम चाल्न प्रेरित गर्छ |
तपाईं आफ्नो र आफ्ना प्रियजनहरूलाई जोगाउन सक्नुहुन्छ । हेपाटाइटिसबाट आफूलाई कसरी जोगाउन सकिन्छ भनेर स्वास्थ्य सेवा प्रदायकहरूसँग आजै कुरा गर्नुहोस् । यसको रोकथाम, परीक्षण र उपचारको बारेमा सिक्नुहोस् र अरूलाई पनि सिकाउनुहोस् ।
स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनुपर्दा त मृत्युकै बाटो रोज्नुपर्ने हुन्छ । यस कारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य । आजकै दिन भए पनि आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरु के रहेछन् भन्ने बारेमा छलफल गर्नुहोस् है ।
तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?





कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।