नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ? आजभन्दा ६० वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो ।

के तपाईंलाई लाग्छ आज पनि नेपालमा छुवाछुत र जातीय विभेद छ?
छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ ?
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।
नेपालको संविधान २०७२ ले जातीय भेदभाव विरुद्ध कस्तो प्रावधान राखेको छ ?
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।


निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकारममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ? यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?



काठमाडौं – आइसिसी विश्वकप लिग दुईअन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय सिरिजमा नेपालले लगातार दोस्रो तथा समग्रमा चौथो जित निकालेको छ । जारी लिग–२ मा चौथो जित निकाल्नेक्रममा नेपालले बुधबार राति नेदरल्याण्ड्सलाई...
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
काठमाडौँ । पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ । बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित ...
News Summary Generated by OK AI. Editorially reviewed. नेपालले रन आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो जित हासिल गर्यो। नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो। आरिफ शेखले शानदार पारी...

काठमाडौँ । एग्रोटेक कम्पनी कनेक्ट किसानले एआई च्याटबट ‘कृषि बट’ सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आइडिया स्टुडियोले आयोजना गरेको कार्यक्रम ‘आइडियाटोर’ मा सहभागी हुँदै कम्पनीले ‘कृषि बट’ नामको एआ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उद्यमशिलताबाट रोज...
गण्डकी सरकारको नीतिमा सधैँ खेल पूर्वाधार तर कहिल्यै हुन्न सुरु केहि सेकेन्ड अघि A A गण्डकी : गण्डकी प्रदेश सरकारले पटक पटक नीति, कार्यक्रम र बजेटमा महत्त्वपूर्ण खेल पूर्वाधारका योजना पर्ने गरेक...