National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression | जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस | २०८२ जेठ २१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2025
    २०८२ जेठ
    २१
    बुधवार
    Jun 04, 2025
    जेठ शुक्ल नवमी
    जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस ( National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

    जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

    विशेष अडियो सामग्री

    २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ? आजभन्दा ६० वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो ।

    के तपाईंलाई लाग्छ आज पनि नेपालमा छुवाछुत र जातीय विभेद छ?

    छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ ?
    कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।

    नेपालको संविधान २०७२ ले जातीय भेदभाव विरुद्ध कस्तो प्रावधान राखेको छ ?
    नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।

    निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस

    निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस

    विशेष अडियो सामग्री

    हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।

    विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकारममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ? यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.