नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

ज्या: पुन्हि
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ज्या: पुन्हि
तछला थ्व र तछला गा नेवा पात्रोको नवौँ महिना तछला हो जुन विक्रम संवतको ज्येष्ठ महिनासँग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।
सिथी नखः पछि आउने ज्या: पुन्हि
पुन्हि अब यस मासले अर्थात् तछलाले ल्याउने दुई वटा महान् नेवा चाडहरूलाई यहाँ प्रस्तुत गर्न चाह्यौँ जसमा शुक्ल पक्षको षष्ठिका सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौँ । संक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाइ, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन विशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरू सरसफाइ गर्ने चलन रहने गरेको छ ।

तपाईं ज्यापुन्ही कसरी मनाउनुहुन्छ?
ज्या: पुन्हि लाई गैडु पूर्णे पनि भनिन्छ
अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्ध मार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात् पूर्णिमा नै हो ।
राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको दिन
यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको बताइन्छ । बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरू उठ्ने गर्दछन् तथापि केही बौद्ध मार्गी ग्रन्थहरूमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्त लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनकालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्त्व ज्ञान अनि त्यागसँग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रूपमा उल्लासका साथ मनाउँदछन् ।
पनौती स्नान
यस पूर्णेलाई काभ्रेको पनौतीमा अझ उल्लासका साथ पनौती पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रूपमा पनौती नगर नेपालको एउटा पवित्र सहर हो जसले हजारौँ वर्षदेखि कला, सांस्कृतिक धरोहर अनि संस्कारको जगेर्ना गर्दै आएको छ । काठमाडौँ पूर्वको पनौतीमा पनौती जात्रा कै रूपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीको प्रेम रस अनि यौनउन्मात पनि अप्रत्यक्ष रूपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरू राती महिला अन केटाकेटीसँग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरूलाई नगरका विभिन्न ठाउँमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र संस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिर्गमनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान् ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौती बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरूपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् । तर शुक्ल पक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरूलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रूपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्त्व छ । यस रितलाई पनौती स्नान पनि भनिन्छ ।
यस वर्षको ज्या पुन्हि या पनौती पुन्हि या गैहुं पूर्णे जे भने पनि यस पूर्णेको शुभकामना । शुक्ल पक्षको पूर्ण चन्द्र झैँ हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी ऊर्जावान् सदैव चलायमान होस् ।


कवीर जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ ।
कबीरको जन्मसँग सम्बन्धित कथा
कबीर दासजी को जन्मको बारेमा पक्का केही भन्न सम्भव छैन। तैपनि, एक किंवदन्ती अनुसार, सन्त कबीर दासले ज्येष्ठ महिनाको पूर्णिमाको दिन काशीको लहरतारा पोखरीको कमलको फूलमा आफ्ना आमाबाबु निरु र नीमालाई भेटेका थिए। यस दिन उनीहरूलाई निमा र निरु नामक जुलाहे दम्पतीले ग्रहण गरेको बताइएको छ । कबीर दास जी को हुर्काउने उहाँ नै हुनुहुन्थ्यो। त्यसैले यस दिनलाई कबीर जयन्तीका रूपमा मनाइन्छ।
कबीर दासजी को दोहांहरुको महत्त्व
छोटा, छन्दमा अनि अर्थपूर्ण सरल काव्यिक पङ्क्तिलाई दोहां भनिन्छ । कबीर दासजीले मध्यकालीन भारतको सामाजिक, धार्मिक र आध्यात्मिक जीवनमा अमूल्य योगदान दिए। आफ्नो दोहोरी, विचार र जीवनीले तत्कालीन सामाजिक, आर्थिक, धार्मिक र आध्यात्मिक क्षेत्रमा क्रान्तिको थालनी गरेका थिए । उनले मध्ययुगीन भारतको तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, रूढीवाद, पाखण्डको कडा विरोध गरे। कबीर दासजीले त्यस अवधिमा भारतीय समाजमा विभिन्न धर्म र सामाजिक मानिसहरू बिच आपसी सद्भाव र भाइचाराको लागि मार्ग प्रशस्त गरेका थिए। हिन्दु धर्म, इस्लाम, हिन्दु धर्ममा मूर्ति पूजाको विरोध गर्दै, सबै धर्ममा व्याप्त कुकृत्य र पाखण्डलाई आक्रमण गर्दै आफ्ना रचनाहरूलाई अघि सारे ।कबीर दासजीले सामाजिक कुरीतिमाथि प्रहार गर्दै ‘धाइ अखर प्रेमका पढेसो पण्डित हो’ भन्ने सन्देश दिएका थिए । प्रेम र मानवतालाई सबैभन्दा माथि राख्दै भारत वर्षमा समानता र सभ्यताको बिगुल फुक्ने कबीर आज पनि आफ्ना कविताहरू माझ जीवित छन् ।
भारत वर्षको भूमि तपो भूमि (तपोवन) को नामले विश्वभर प्रसिद्ध छ। यहाँ धेरै सन्त, महात्मा, पिर पैगम्बरको जन्म भएको थियो। सबैले भाइचारा, प्रेम र सद्भावको सन्देश दिएका छन् । सन्त कबीरदासजी पनि यिनै सन्तहरूमध्ये एक हुन। महात्मा कबीर समाजमा फैलिएको देखावटीका कट्टर विरोधी थिए । उनी लेखक र कवि थिए । उहाँका दोहाँहरूले व्यक्तिलाई जीवनमा नयाँ प्रेरणा दिन्थ्यो।
अनुयायी
कबीर दासजीलाई हिन्दु र मुस्लिम दुवै सम्प्रदायमा समान सम्मान थियो। दुवै सम्प्रदायका मानिसहरू उहाँका अनुयायी थिए। यही कारण उनको मृत्युपछि उनको शवलाई लिएर विवाद भएको थियो । उनको अन्तिम संस्कार हिन्दु रीतिरिवाजअनुसार गर्नुपर्छ भन्ने हिन्दुहरूले भने र मुस्लिमहरूले भने मुस्लिम संस्कारअनुसार गर्नुपर्छ । तर यस झडपमा जब उनको शवबाट चादर हटाइयो, तब मानिसहरूले त्यहाँ फूलको थुप्रो परेको देखे।यो कबिरजीले दिएको एक धेरै शक्तिशाली सन्देश थियो कि हरेक मान्छे एक फूल जस्तै हुनुपर्छ ( सबैलाई स्वीकार्य, सबै धर्महरूको लागि समान भावना भएको। पछि त्यहाँबाट आधा फूल हिन्दु र आधा मुस्लिमले लिएर आफ्नै तरिकाले अन्तिम संस्कार गरे।




कञ्चनपुर । जिल्लामा समयमा निर्माण हुन नसकेका चार वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । पटक–पटक म्याद थप भएर पनि समयमा निर्माण हुन नसकेर वर्षौँदेखि अधुरा रहेका चार वटा पक्की पुल निर्माणको काम अ...

काठमाडौं । कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापा आसपास भारी वर्षा मापन गरिएको छ । बुधबार राति १०:५५ बजे झापास्थित बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्र...

कञ्चनपुर। भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको संक्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द पुनः सर्वसम्मत चयन भएका छन् । धनगढीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

News Summary Generated by OK AI. Editorially reviewed. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघसँग ९ बुँदे सहमति ऐनमा समावेश गर्न टुंगो लगाएको छ। सहमतिपछि मन्त्रालयले ऐनमा समावेश गर...

ब्रेक्जिट (इयूबाट बेलायतको बर्हिगमन) को पाँच वर्षपछि युरोपेली सङ्घ (इयू) ले बेलायतसँग जिब्राल्टरको भूभागलाई दिने दर्जासम्बन्धी बुधबार सम्झौता भएको छ । यस सम्झौताले जिब्राल्टर–स्पेन सीमामा मानिस र ...
पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा...

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास...