नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व बालश्रम विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो त बालश्रम?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने “बालश्रम” बालबालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक अथवा मानसिक श्रम हो । बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्ने, स्कुल जान पाउने जस्ता बालबालिकाको हक अधिकारमा अवरोध पुग्ने नियमित कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।

“विश्व बाल श्रम विरुद्धको दिवस”को उद्देश्य
“विश्व बाल श्रम विरुद्धको दिवस”को प्रमुख उद्देश्य विश्वव्यापी स्तरबाटै बाल श्रम हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा सरोकारवालाहरूको ध्यान केन्द्रित गर्नु हो। हरेक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यो दिवस मनाइन्छ । विश्व बालश्रम विरुद्ध दिवस २०२५ को नारा “Progress is clear, but there’s more to do: Let’s speed up efforts” हो अर्थात् बालश्रमको मुद्दामा विगतका वर्षहरू भन्दा प्रगती भएको स्पष्ट देखिन्छ तर, अझै धेरै कुराहरू गर्नुपर्ने छन् र ति प्रयासहरूलाई शिघ्र तीव्रता दिन आवश्यक छ भन्ने हो ।
नेपालमा बालश्रम
बालश्रम हरेक वर्ष लगभग एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका १० लाख भन्दा धेरै बालबालिका बालश्रममा छन् भन्ने अनुमान छ। तीमध्ये लाखौँ बालबालिका जोखिमपूर्ण काममा पनि संलग्न छन्। नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ। सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष सोचेजस्तो सफल हुन सकेको छैन ।
बालश्रममा संलग्न बालबालिकालाई सहयोग गर्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ । सबै ऐन, कानुनहरू र महासन्धिहरूको अक्षरशः पालना होस् । बालश्रम जरैबाट उखेल्न नेपाल सक्षम होस् । शुभकामना ।




टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति एक करोड भारू दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो । सुरूमा टाटाले स्थापना गरेको कम्पनी...

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबाद बिहीबार भएको विमान दुर्घटनालाई ‘उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक’ भएको टिप्पणी गरेका छन्। ह्वाइट हाउसमा एक कार्यक...

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको आदेश आउन ढिला भएको छ। बिहीबार साँझ ५ बजे नै बहस सकिएको र अदालतले आदेश लेखिरहेको...

कास्की। कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन तीन महिनाका लागि बन्द हुने भएको छ । जिल्ला अनुगमन समितिको आजको बैठकले यही असार १ देखि आगामी भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थक...

काठमाडाैं – प्रतीक जोशी विगत छ वर्षदेखि लन्डनमा बस्दै आएका थिए। सफ्टवेयर व्यवसायी उनी, भारतमै रहेका पत्नी र तीन साना छोराछोरीका लागि विदेशमा उज्वल भविष्य निर्माण गर्ने सपना धेरै समयदेखि देखिरहेका थ...
एपिएफ र एभरेष्ट अन्तिम चारमा पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब र एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै ...

भारतको अहमदावादमा आज भएको विमान दुर्घटनाका कारण कम्तीमा पाँच जना एमबीबीएस अध्ययनरत विद्यार्थीको ज्यान गएको छ । बेलायतको राजधानी लण्डनस्थित ग्याटविकतर्फ उडेको एअर इण्डियाको एआई १७१ उडानको बोइङ ड्रिम...

काठमाडौँ, २९ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित योगमा सबै जनमानसलाई अभ्यस्त गराउन योग सम्बद्ध सङ्घसंस्थालाई ...