नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।

गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।


भौमाष्टमी व्रत
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
शुद्धे तिथौ च शुभे दिव्ये, अष्टम्यां व्रतमाचरेत्।
देवीं दुर्गां समाराध्य, पापं नश्यति तत्क्षणम्॥
पवित्र र शुभ अष्टमीको पावन अवसरमा व्रत पालन गर्नुपर्छ।
देवी दुर्गाको पूजा गरेर सबै पापहरू तत्काल नाश हुन्छन्।
मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ ।
यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
भौमअष्टमीको अवसरमा तपाईं कुन कर्ममा बढी ध्यान दिनुहुन्छ?
सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




सिन्धुली । सिन्धुलीमा मंगलबार (जेठ ६) दिउँसो एक व्यक्तिको शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोसी नदीमा शव फेला परेको हो । पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुर...

काठमाडौं – नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को परिच्छेद २ का दफामा लेखिएको छ – ‘केन्द्रीय बैङ्कको काम गर्न नेपाल राष्ट्र बैङ्क नामको एउटा केन्द्रीय बैङ्क स्थापना हुनेछ र बैङ्क अविछिन्न उत्तराधिकारवाला ...

सगरमाथामा आरोहीको भिड, ३ सय ९५ ले गरे आरोहण ६ मिनेट अघि A A काठमाडौँ : वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४७ आरोही समूहक...
दोलखा। गैर सरकारी संस्था महासंघ (गैसस महासंघ) नेपाल दोलखाले मंगलवार सदरमुकाम चरिकोटमा नागरिक समाज, नागरिक संघ– संगठनको अवस्था। समस्या, चुनौती र सुझाव विषयक नागरिक विमर्श कार्यक्रम आयोजना गरेको छ ।...

नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मङ्गलबार (आज) मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरे...
संवैधानिक र कानुनी प्रावधानले बाध्यकारी बनाएपछि हाल संघीय तहका दुवै सदन, प्रादेशिक सभा र राजनीतिक दलका कार्यसमितिमा महिलाको सहभागिता ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत पुगेको छ । तर, महिलाकै विवि...

पर्सा : सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ। आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्...

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्। राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवै...