नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
तीजको नाम कसरी रहन गयो त ?
वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।
तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।
हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
-तीजको अर्थपूर्ण शुभकामना ।





काठमाडौं । शैक्षिक संस्था स्विफ्ट एजुकेसन नेपाल र हङकङको एक्सिलेरेट इन्स्टिच्युटबीच साझेदारी भएको दुई वर्ष पूरा भएको छ । नेपालमा दक्ष आईटी जनशक्ति उत्पादनमा गर्ने उद्धेश्यसहित यी संस्थाबीच सहकार्य ...

सिमकोट – किसानहरु नयाँ तरिका भर्टिकल फार्मिङबाट तरकारी खेती गर्नेतर्फ आकर्षित भएका छन्। कम जग्गाबाट बढी तरकारी उत्पादन गरेर आम्दानी गर्न सकिने भएपछि किसान यो प्रबिधिको खेतीप्रति आकर्षित भएका हुन्। ...
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

काठमाडौं। गोकर्णमणि दुवाडीलाई आज पदबहाली गरेका छन्।

काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्षी दल माओवादीबीचको विवाद सडकदेखि सदनसम्म पुगेको छ । दुवै दलका नेताहरुले संसद्मा मात्र नभई सार्वजनिक मञ्चमासमेत उपयोग गरेर एकअर्कालाई आरोप...

एजेन्सी । भारतबाट जर्मनी जाँदै गरेको भिस्टारा एयरलाइन्सको विमानमा बम भेटिएको धम्की आएपछि विमानलाई टर्कीमा आपतकालीन अवतरण गरिएको छ । टर्कीका अधिकारीहरुका अनुसार शुक्रबार २३४ यात्रु र १३ चालक दलका स...

काठमाडौं- चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) अन्तर्गत एमडी, एमएस र एमडीएसका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्याकंन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक भनेर माग दाबी गर्दै च...

एनसेल एपमा नयाँ सुविधा थपिएको छ। ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिन सजिलैसँग आवेदन दिन सक्छन्। यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपब...