नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


के हो सुर्यषष्ठी ?
हिन्दु सनातन दर्शनमा हरेक साना ठुला चाडपर्वलाई पनि निकै महत्त्व अनि धुमधामका साथ मनाइन्छ, दसैँ तिहार, रक्षा बन्धन, नागपन्चमी लगायत थुप्रै चाडहरूको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।सुर्यषष्ठीलाई छठ या षष्ठीको दिन पर्ने भएकाले छठी पनि भनिन्छ, यस पर्व वर्षमा १२ पटक पर्न सक्छन्, भाद्र शुक्ल षष्ठीमा पर्ने सुर्यषष्ठीको आफ्नै महत्त्व छ ।
तृतीयाका दिन तिज, चतुर्थी मा गणेश चतुर्थी, पञ्चमीका दिन पञ्चमी व्रत पनि अब यी विशेष दिनहरूको लस्कर आएर षष्ठीका दिन ठोक्किएको हो, आजका दिन पनि कार्तिक मासमा झैँ सूर्यलाई अर्घ दिने, सूर्यको अर्चना गर्ने अनि सूर्यको प्रशंसाका लागि महत्त्व राख्दछ ।
व्रतहरूको लस्कर र सुर्यषष्ठी
पछिल्ला केही दिनहरूबाट नै व्रतका श्रृखलाहरु धमाधम रहिरहेका कारण यस सुर्यषष्ठीमा व्रतलाई उति महत्त्व दिइएको छैन, तिज, गणेश चतुर्थी अनि पञ्चमीको व्रत पछिको आजको विश्राममा सूर्य भगवानको कृपा एउटा सारथिका रूपमा मानिएको छ, प्रकाश र सत्यले साथ नछोडोस्, आजलाई यति कामना ।
मानवले देखेको सबैभन्दा ठुलो अनि जाज्वल्यमान कुरा नै सूर्य हो, सूर्य नै समग्र सृष्टिको श्रोत अनि तत्त्व रहेको मानिन्छ, यिनै सूर्यको अर्चना अनि उपासना गर्नका लागि आजको षष्ठीलाई विशेष मानिएको हो ।
हरेक उदाउँदो अनि अस्ताउँदो सूर्य को हाम्रो जीवनउपर कृपा बनिरहोस् अनि सृष्टिको वृत्त चलिरहोस् ।
“ऊँ घृणि सूर्याय नमः“
“ऊँ सूर्याय नमः“
विश्व शान्ति दिवस
विश्व शान्ति दिवस
सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्
अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् । 'उपनिषध'बाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौं, विश्व शान्तिको कामना सहित ।
होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ ।




काठमाडौं । मेलम्ची खानेपानी आयोजनासम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको आठ अ...

काठमाडौं । एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ । आज क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा सिरिज १० सार्वजनिक भएको हो ।

हनोइ । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएक...

काठमाडौँ, २४ भदौः प्रधान सेनापति अशोकराज सिग्लेलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गर्नुभएको छ । यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाल...

काठमाडौं – सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरकोलगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालै प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणका क्रममा सिंगापुरका लगानीकर्ताले...
बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पाँच फिट पाँच ईन्च उचाइ भएको, स...

म्याग्दी – आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ। समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दाम...
२४ चैत, काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाली यू१७ फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फु...