नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सुन्न ट्याप गर्नुहोस्
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना ।
नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दसैँ । यस वर्षको दसैँको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।
अक्षताले निधार भरिने टीका
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ । टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !
ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !!
नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।
माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।
- हाम्रो पात्रो कालागि सुयोग ढकाल





राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीसहित सर्वसाधारणले लगाए टीका र जमरा काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्...

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार दुवै दल इमानदार भएर अघि बढ्नुपर्ने बताएका छन् । दुई दलबीच भएको सहमत...

पुटिनका मुख्य आलोचक नाभाल्नीले मर्नुअघि जेलमा हुँदा लेखेका थिए 'म जेलमै मर्नेछु, बिदाइ गर्ने कोही हुने छैनन्' ६ मिनेट अघि A A एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालीन प्रमुख राजनीति...
भक्तपुर — विजयादशमी अर्थात् टीकाको दिन शनिबार रातिदेखि भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडा जात्रा सुरु भएको छ । प्रत्येक वर्ष दसैंको टीकाका राति मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । प्रधा...

धनुषा । विजयादशमीको अवसरमा जनकपुरधाममा शनिबार रावण बध गरिएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए । भगवान् रामले असत्यमाथि विजय प्राप्त गरे...

मुग्लिन (चितवन)- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन्। नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा ...
काठमाडौँ - नेपाली सेनाले मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ। मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो ...