मुख्य सामग्रीमा जानुहोस्

पापांकुशा एकादशी व्रत

सुन्न ट्याप गर्नुहोस्

सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ​

आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।

भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।

यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।

विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।

विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ । भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।

आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना​

आज फलाना ठाउँमा बाढी आयो रे
आज यो ठाउँमा पहिरो गय
भुईँचालोले यति मान्छे लग्यो
ज्वालामुखी ले यसो गर्‍यो

अझ यस वर्ष त बाढीपहिरोले कुबेलामा नेपाली जनधनको ठूलै क्षति गरिदिएको छ । काठमाडौ जस्तो सुविधासम्पन्न मानिएको ठाँउमा समेत यतिको धेरै जनधनको क्षति भएको छ । प्राकृतिक प्रकोपले शहर, गाँउ, बटुवा, यात्री कसैलाई छाडेको छैन ।पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्त्व धेरै छ ।​

अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुईँचालो आउँदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुन सक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्व तयारी पनि छैन ।

फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुस्ट जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।

प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ, आउँदा पुस्तालाई यसको पूर्व तयारीप्रति सजग गराऔँ ।

हाम्रो पात्रोबाट थप

विश्व स्वतन्त्रता दिवस

आजको राशिफल

मिल्ने कती नम्बर होला ?

पैसा बचत गर्ने आर्थिक सुझावहरू

थाहा छ त

नौ थरीका चियाका नौ फाईदाहरु

पत्ता लगाउन सकिन्छ होला ?

जय सम्भो

सुखरात्री

नरक चतुर्दशी