नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।चतुर्थी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ ।
फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरू हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउन सक्दछ । सन् २०१५ को अध्ययन अनुसार विश्वभरि करिब ३ करोड अल्जाइमरका रोगीहरू रहेका छन्, अहिले यसको सङ्ख्या झन् बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबै जना सचेत रहौँ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।
बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० भन्दा बढि वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।




गाजा । गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्राल...
पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि नयाँ पेज २०८१ असोज ५ शनिबार २३:४५ बजे काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्प...

नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन्। नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा १८च २५११ नम्बरको...

इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रथ तान्दै महिलाहरू । तस्बिर : रासस
हंगेरीको बुढापेष्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी विवेक थिङले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गरेका छन्। विवेकले अन्...

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताएका छन् ।

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्त्वपूर्ण ...

सिमकोट – यसवर्ष किसानले लगाएको प्याजको उत्पादनमा कमी आएको छ। बारीमा सारेर उम्रिएको बेर्नामा किरा लागेपछि प्याज उत्पादन नभएको हो। खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँका किसान धनबहादुर परियारले यस...